कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले दिए राजीनामा
नेपालबहस संवाददाता
चैत २१, २०८० बुधबार १७:१६:५८
२१ चैत्र, नेपालगञ्ज । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएका छन् । बुधबार बसेको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै उनले राजीनामा घोषणा गरेका हुन् । यसअघि मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत लिने प्रयोजनका लागि बैठक आह्वान गरिएको थियो । सत्ता गठबन्धनमा भएको राजनीतिक सहमतिअनुसार मुख्यमन्त्रीले राजीनामा दिएका हुन् ।
कर्णाली प्रदेशमा एमालेले मुख्यमन्त्री पाउने सहमति सत्ता गठबन्धनमा छ । केन्द्रमा भएको सहमति माओवादी केन्द्रबाट मुख्यमन्त्री रहेका शर्मा लगायतले कार्यान्वयन गर्न मानेका थिएनन् । लामो छलफलपछि उनी राजीनामा दिन तयार भएका हुन् । मुख्यमन्त्री शर्मा २०७९ पुस २७ गते बुधबार कर्णालीको तेस्रो मुख्यमन्त्री बनेका थिए ।
शर्माले राजीनामा दिएसँगै एमाले संसदीय दलका नेता यामलाल कँडेलको नेतृत्वको कर्णालीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ । अघिल्लै प्रदेश सभाको कार्यकालमा मुख्यमन्त्री हुने उनको जमर्को नेकपा एमालेमा आएको विभाजनका कारण सम्भव भएको थिएन । २०७९ को निर्वाचनलगत्तै फेरि उनले मुख्यमन्त्री हुने कोसिस गरे । तर २०७९ पुस १० गते बनेको एमाले–माओवादी गठबन्धनमा भागबन्डा हुँदा पनि उनले अवसर पाएनन् ।
कर्णालीमा एमालेका बलिया नेता कँडेलको अब भने भाग्य खुलेको छ । २०७४ र २०७९ सालमा दुई पटक प्रदेशको चुनाव जितेका उनी अब कर्णालीको मुख्यमन्त्री बन्ने पक्का भएको छ । २०७९ को निर्वाचनपछि कांग्रेस र माओवादी केन्द्रको समीकरण भत्किएर प्रचण्ड प्रधानमन्त्री बनेका थिए । त्यसबेला पनि उनी मुख्यमन्त्रीको दौडमा थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णालीका दुग्ध उत्पादक किसानलाई प्रोत्साहनबापत एक करोड २३ हजार भुक्तानी
पुष २९, २०८१ सोमबार
जुम्लामा अनलाइनबाट नागरिकता सिफारिस
पुष २८, २०८१ आइतबार
भूकम्पमा भत्केका विद्यालय प्रदेश सरकारले पुनर्निर्माण
पुष २५, २०८१ बिहिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
आज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
नुवाकोटमा गोरु जुधाई गरी मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित
माघ १, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट माडीमा एकको मृत्यु, एक जना बेपत्ता
माघ १, २०८१ मंगलबार