सहमति नभएपछि उम्मेदवारका आकांक्षी राखेर देउवा निवासमा कांग्रेसको छलफल
नेपालबहस संवाददाता
चैत २२, २०८० बिहिबार १०:३१:९
२२ चैत, काठमाडौं । इलाम र बझाङमा हुन गइरहेको उपनिर्वाचनमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा तीन दिनदेखि छलफलमा जुटेको नेपाली कांग्रेसमा सहमति हुन नसकेपछि अहिले उम्मेदवारका आकांक्षीलाई सँगै राखेर शीर्ष नेताहरूले छलफल गरिरहेका छन् । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा अहिले उम्मेदवारका आकांक्षीबीच छलफल जारी छ ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएकाे जानकारीका अनुसार बिहान नेताहरूबीच एकचरण छलफल भएको थियो । तर, सहमति नभएपछि उम्मेदवारका आकांक्षीलाई साथमै राखेर छलफल भइरहेको छ । सम्भवतः आज उम्मेदवार फाइनल हुन्छ । मंगलबार र बुधबार बसेको बैठकमा संस्थापन पक्ष र इतर पक्षबीचको अडान कायम रहँदा कांग्रेसले उम्मेदवार चयन गर्न सकेको छैन ।
बुधबार संसदीय बोर्डको बैठकमा सभापति शेरबहादुर देउवाले इलाम–२ मा डम्बर खड्कालाई उम्मेदवार बनाउन प्रस्ताव गरेका थिए । शेखर कोइराला समूहका तर्फबाट भेषराज आचार्यलाई उम्मेदवारी बनाउनुपर्ने अडान कायमै राखेपछि सहमति भएन । क्षेत्रीय कार्यसमितिको बैठकले भेषराज आचार्य, केशव थापा, डम्बर खड्का, नगेन्द्र कुमाल, रमेश लिङ्देन,चन्द्रमाया लिम्बू र शान्तिकला तामाङको नाम सिफारिस गरेको थियो । अहिले उनीहरू बैठकमा उपस्थित छन् ।
उनीहरूबीच छलफल गरेपछि आज दिउँसो बस्ने कार्यसम्पादन समितिको बैठकले उपनिर्वाचनको उम्मेदवार तय गर्ने पौडेलले जानकारी दिए । आगामी वैशाख १५ गते प्रतिनिधिसभामा इलाम–२ र प्रदेशसभामा बझाङ– १ मा उपनिर्वाचन हुँदैछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनको तयारीमा लाग्न कांग्रेसले पठायो सर्कुलर
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
कोलेस्ट्रोल नियन्त्रणमा राख्न चाहनुहुन्छ ? खाली पेटमा अदुवाको जुस पिउनुहोस्
मंसिर ७, २०८१ शुक्रबार
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
अस्ट्रेलियाविरुद्ध भारतको कमब्याक, बुमराहले लिए चार विकेट
मंसिर ७, २०८१ शुक्रबार