फिफा वरियतामा नेपाल तीन स्थान तल, शीर्ष स्थानमा अर्जेन्टिना
नेपालबहस संवाददाता
चैत २२, २०८० बिहिबार १५:९:११
२२ चैत, काठमाडौं । फुटबलको सर्वोच्च संस्था फिफाले नयाँ बरियताक्रम जारी गरेको छ । जसमा नेपाल तीन स्थान तल झरेको छ । नेपाल यस अघि १७५ स्थानमा थियो भने नयाँ वरियतामा १७८ स्थानमा पुगेको छ ।
त्यस्तै छिमेकी मुलुक भारत पनि चार स्थान तल झर्दै १२१ स्थानमा पुगेको छ । अन्य दक्षिण एशियाली मुलुकमा माल्दिभ्स १६१ औं म्यान्मार एक स्थान तल झर्दै १६३ औँ बंगलादेश १८४ औं, भुटान १८५ औँ पाकिस्तान १९५ औं र श्रीलंका २०४ स्थानमा रहेका छन् ।
त्यस्तै फिफा वरियताको शिर्ष स्थानमा भने अर्जेन्टिना कायम रहेको छ । दोस्रो स्थानमा फ्रान्स छ भने एक स्थान सुधार गर्दै बेल्जियम तेस्रो स्थानमा उक्लिएको छ । त्यस्तै इङल्याण्ड एक स्थान तल झरेर चौथो स्थानमा छ भने ब्राजिल पाँचौं स्थानमा रहेको छ ।
त्यस्तै पोर्चुगलले एक स्थान सुधार गर्दै छैटौं स्थानमा उक्लिएको छ भने नेदरल्याण्ड्स एक स्थान तल झर्दै सातौं स्थानमा रहेको छ । त्यसैगरी स्पेन आठ, इटाली नौं र क्रोसिया १० औं स्थानामा रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभोलिदेखि जिल्ला लिग फुटबलको तेस्रो संस्करण हुँदै
बैशाख १४, २०८१ शुक्रबार
जाभी हर्नानडेज बार्सिलोनाको प्रशिक्षकमा रहिरहने
बैशाख १३, २०८१ बिहिबार
रोनाल्डोले जिते युभेन्टससँगको कानुनी लडाई
बैशाख ६, २०८१ बिहिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट ३ जना पक्राउ
नेपालबहस संवाददाता
बैशाख २०, २०८१ बिहिबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
प्रधानमन्त्रीका कुरा सुन्दा ‘कि सत्ता समीकरण फेरिन्छ, कि अध्यादेशबाट बजेट आउँछ’
बैशाख २२, २०८१ शनिबार
प्रेम प्रस्ताव अस्वीकार गर्दा छात्रामाथि गोली प्रहार, अभियुक्त पूर्वशिक्षक रहेको खुलासा
बैशाख २१, २०८१ शुक्रबार
कप्तान रोहित बने 'प्लेयर अफ द सिरिज'
बैशाख २२, २०८१ शनिबार
कैलालीको गौरीगंगामा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु
बैशाख २२, २०८१ शनिबार
कालिञ्चोक भगवती दर्शन गर्न गएका वृद्धको मृत्यु
बैशाख २२, २०८१ शनिबार
तस्विरमा हेर्नुस गुलियो क्याण्डी बेच्ने भाइको तीतो कथा
बैशाख २२, २०८१ शनिबार
गृहमन्त्रीको राजीनामा हाम्रो माग होइन, संसद चल्न संसदीय छानबिन समिति बन्नुपर्छः कोइराला
बैशाख २२, २०८१ शनिबार