चितवन जिल्ला अदालतले दियो खामलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
नेपालबहस संवाददाता
चैत २३, २०८० शुक्रबार १५:८:१०
२३ चैत, चितवन । नेकपा माओवादीका केन्द्रीय सदस्य तथा पूर्वलडाकु कमाण्डर कालीबहादुर खामलाई जिल्ला अदालत चितवनले थुनामा पठाउन आदेश दिएको छ । कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्याको अभियोगमा पक्राउ परेका खामलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको हो ।
जिल्ला अदालत चितवनका स्रेस्तेदार विष्णुप्रसाद आचार्यका अनुसार जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासले तथ्य प्रमाणहरुको आधारमा अहिले नै घटनामा कालीबहादुर खामको संलग्नता नरहेको भन्न नसकिने अवस्था रहेको भन्दै पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । उनी १५ वर्षदेखि फरार थिए । खामलाई प्रहरीले मंगलबार काठमाडौंको ठमेलबाट पक्राउ गरी बुधबार चितवन पुर्याएको थियो ।
खामको अभियोगका विषयमा बुधबार थुनछेक बहस भएको थियो । सर्वोच्च अदालतबाट बुधबार साँझ मिसिल झिकाएपछि खामको बयान लिइएको थियो । सरकारी तथा वादीका तर्फबाट ३ जना र प्रतिवादीका तर्फबाट ९ जना कानुन व्यवसायीले बहस गरेका थिए ।
शक्तिखोर स्थित तत्कालीन माओवादी लडाकूको तेस्रो डिभिजनका कमाण्डर रहेका बेला खामले कोटेश्वरका व्यापारी श्रेष्ठलाई घरबाट नै उठाएर ल्याउन आदेश दिएका थिए । डिभिजनमा नै कुटेर खामसहित लडाकुहरुले श्रेष्ठको हत्या गरेको अभियोग लागेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्वोच्च अदालत बार एशोसिएशनको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै
पुष २०, २०८१ शनिबार
सर्वोच्चका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन
पुष १३, २०८१ शनिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
माओवादी केन्दीय समिति बैठक बस्दै, प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने
पुष २१, २०८१ आइतबार
एमाले केन्द्रीय समिति बैठक बस्दै, ओलीले ल्याउँदैछन् राजनीतिक प्रतिवेदन
पुष २१, २०८१ आइतबार
आजको मौसम कस्तो रहला ?
पुष २१, २०८१ आइतबार
बिपी राजमार्ग पुनर्निर्माणमा साढे ९ अर्ब लाग्ने, जापानको मुख ताक्दै सरकार
पुष २१, २०८१ आइतबार
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
पुष २१, २०८१ आइतबार