बालबालिकाको मस्तिष्क तथा शारीरिक विकासका लागि न्यूट्रिसन तथा मनोवैज्ञानिक तालिम सम्पन्न
नेपालबहस संवाददाता
चैत २३, २०८० शुक्रबार १६:१४:४४
२३ चैत, काठमाडाैं । राम्रो पोषण नपाएको अवस्थामा साना बालबालिकाहरू उच्च जोखिममा पर्न सक्छन् । खासगरी मस्तिष्क विकासको मुख्य समय भएकोले पूर्व प्राथमिक विद्यालयका बालबालिकाहरूलाई संवेदनशील भई उत्तम आहार तथा आहार चयन सम्बन्धी व्यवहारमा सहयोग गर्न अति आवश्यक हुन्छ।
सुनौलो हजार दिन जसमा बच्चा पेटमा भएदेखि नै गिन्ती हुन्छ , यस अवस्थामा बच्चालाई कस्तो आहारा आवश्यक हुन्छ र आहार नपुगेको खण्डमा कस्ता समस्याहरू देखिन सक्छन् आदि विषयको जानकारी शिक्षक तथा अभिभावकहरूमा पुग्नु अत्यन्तै महत्वपूर्ण हुन्छ। दुई वर्षसम्ममा बालबालिकाको ८०% मस्तिष्क विकास भइसकेको हुन्छ यस्तो अवस्थामा आहारको विषयलाई लिएर हेलचेक्राई गर्नु जोखिमलाई निम्त्याउने कार्य हुन सक्छ।
आहार एकातिर भयो अर्कोतिर खानै नमान्ने बालबालिकाहरूलाई के गर्ने त ? नराम्रो खानाले मानसिक अवस्थामा कस्तो असर पारिरहेको हुन्छ ? राम्रो खानाको मानसिक विकासमा कस्तो भूमिका रहन्छ ? पौष्टिक खाना खाने व्यवहार कसरी विकास गर्न सकिन्छ ? आदि जस्ता प्रश्नहरूलाई समेत संवेदनशील रूपमा नहेरिने हो भने बाल विकासमा निकै त्रुटी आउन सक्छन् ।
यस्तै विषयहरूको समाधान दिने हेतुले गत चैत्र २१ गते बालबालिकाहरूको स्वास्थ्यलाई ध्यानमा राखेर न्युट्रिसन तथा आहारको मनोविज्ञान विषयमा पूर्व प्राथमिक विद्यालयका शिक्षक तथा लिडरहरूलाई लक्षित गर्दै होटेल टिब्बेट इन्टरन्यासनल बौद्धमा सेमिनार तथा तालिम सञ्चालन गरियो। असोसिएसन अफ प्रिस्कुल एजुकेटर्स नेपाल अपेन ललितपुर तथा अपेन काठमांडौले आयोजना गरेको उक्त कार्यक्रमलाई जेभियर्स इन्टरनेसनल स्कुलले स्पन्सरसिप गरेको थियो भने आर.ए इभेन्टले सहकार्य गरेको थियो ।
काठमाडौँ ललितपुर र कीर्तिपुर गरी ६० भन्दा बढी शिक्षकहरूले भाग लिएको उक्त कार्यक्रमलाई सफल बनाउनका निमित्त अपेन ललितपुरका अध्यक्ष तथा किड्जी सानेपा का प्रिन्सिपल मुना श्रेष्ठ र अपेन काठमाडौँका अध्यक्ष तथा स्प्रिङ् भिल प्रिस्कुलका प्रिन्सिपल तिलक मानन्धरले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
व्यवहार मनोविज्ञान तथा न्युट्रिसनमा आधारित भएर उक्त कार्यक्रममा नेपाल एकेडेमी अफ साइकोलोजीका मुख्य वक्ता द्वय मनोविद उमङ्ग जङ्ग शाह तथा न्युट्रिसनिस्ट कविता दाहालले आफ्ना प्राज्ञिक विषयवस्तु प्रस्तुत गरेका थिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्पा तथा वेलनेस सेवामा जनशक्ति अभाव, माग धान्न हम्मेहम्मे
बैशाख २०, २०८१ बिहिबार
मुगुको गमगढीमा निःशुल्क स्वास्थ्य शिविरबाट दुई हजार जना लाभान्वित
बैशाख २०, २०८१ बिहिबार
खोप लगाउन छुटेका बालबालिकालाई आगामी वैशाख ३१ गते लगाउने
बैशाख १९, २०८१ बुधबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
बैशाख १९, २०८१ बुधबार
सशस्त्र प्रहरी बलका १६ डीआईजी र १८ एसएसपीको सरुवा, मधेश प्रदेशमा धौबजी र कोशीमा सुवेदी
बैशाख १९, २०८१ बुधबार
जीबी राईको हत्या भएको भन्दै प्रचार गर्ने डिल्लीराम खनाल पक्राउ
बैशाख १९, २०८१ बुधबार
आगलागीले बस्ती जलेपछि गाउँ नै बिचल्लीमा
बैशाख २०, २०८१ बिहिबार
राष्ट्रभाषामा महाधिवेशनको प्रचार प्रसार गर्दै जसपा
बैशाख २०, २०८१ बिहिबार
अफगानिस्तानलाई विश्व बैंकबाट ८४ मिलियन सहयोग
बैशाख २०, २०८१ बिहिबार
सुन्तला बेचेर म्याग्दीमा २१ करोडभन्दा बढी भित्रियो
बैशाख २०, २०८१ बिहिबार
नाबालिका हत्या आरोपमा आमाछोरीलाई पक्राउ
बैशाख २०, २०८१ बिहिबार
रायबरेली र अमेठीमा कांग्रेसले कसलाई टिकट दिन्छ ?
बैशाख २०, २०८१ बिहिबार