जिल्ला पुगेको ५० दिनमा एसपीले के गल्ती गरे ? सात जिल्लाका प्रमुख फेरिए
नेपालबहस संवाददाता
चैत २३, २०८० शुक्रबार २२:१८:४९
२३ चैत, काठमाडौं । प्रहरी प्रधान कार्यालयले केही जिल्लाका एसपीलाई ५० दिन पनि काम गर्न नदिई विना कारण सरुवा गरेको छ । जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक 'एसपी' लाई अवधि नै ५० दिनमा कुनै कुनै युनिटको भ्रमण समेत गर्न नभ्याएको अवस्थामा सरुवा गरेको हो ।
सर्लाही, महोत्तरी, बाँके, धनुषा, बाराका प्रहरी प्रमुखलाई अवधि नै नपुगी सरुवा गरिएको हो । प्रहरी मुख्यालयले निकालेको सूची अनुसार नुवाकोट प्रहरी प्रमुखमा एसपी शान्तिराज कोइरालालाई पठाउँदा एसपी संजय सिंह थापालाई सुन तस्करी प्रकरणमा तानिएको थियो । मित्र बन्धु शर्मा धनुषा पुगेको ५ महिनामै फिर्ता भए ।
यस्तै बाँकेको प्रहरी प्रमुखमा तुलबहादुर कार्कीलाई पठाइएको छ । सुवास बोहरा रहेको स्थानमा उनलाई विभिन्न बहानामा सरुवा गरिएको छ । सर्लाहीमा पुगेका दयानिधि ज्ञवाली पनि ५० दिनमै फिर्ता हुने अर्का प्रहरी अधिकारी हुन् । यस्तै बारा प्रहरी प्रमुखमा एसपी महेन्द्र खड्कालाई पठाइएको छ भने रौतहट प्रहरी प्रमुखमा एसपी दिलीप घिमिरेलाई पठाइएको छ ।
यसैगरी सर्लाहीको प्रहरी प्रमुखमा एसपी रविन्द्र सिंह, महोत्तरीको प्रहरी प्रमुखमा एसपी नहकुल पोखरेल पठाइएको छ । पोखरेल केही महिना अघि मात्रै सरुवा भएर काठमाडौं आएका थिए । धनुषाको प्रहरी प्रमुखमा एसपी भुवनेश्वर तिवारीलाई पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । त्यहाँ यसअघि विश्वराज खड्का रहेका थिए ।
उनको स्थानमा मित्र बन्धु शर्मालाई खटाइएको थियो । फागुन ३ गते सरुवा भएका एसपीले कार्यक्षेत्रमा के कमजोरी गरे भन्ने बारेमा कुनै कारण खुलाइएको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार