सुनसरीमा हिंसात्मक झडप रोक्न सीडीओले थाले छलफल, कर्फ्यु जारी
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
चैत २४, २०८० शनिबार १०:३३:५४
![](https://nepalbahas.prixacdn.net/media/albums/sunsari-jhadap-1024x541_JotMwEeOWZ_ehJlwGUzFk.jpg)
२४ चैत, सुनसरी । तीन दिनदेखि जारी तनावबारे स्थानीय सबै पक्षसँग सुनसरीका सीडीओ जयनारायण आचार्यले छलफल थालेका छन् । उनले शनिबार बिहान निषेधाज्ञा लगाइएका क्षेत्रको अवलोकन गरी सबै पक्षलाई छलफलका लागि बोलाएका हुन् । जिल्ला प्रशासन कार्यालय सुनसरीमा अहिले छलफल सुरु भएको छ ।
सामान्य विवादको विषय दुई धार्मिक समूहबीच हिंसात्मक झडपमा उत्रिएपछि सदरमुकाम इनरुवासहित सुनसरीका ५ वटा पालिकामा शुक्रबारदेखि लगाइएको कर्फ्यु अहिले पनि जारी छ । मुस्लिम र हिन्दु समुदायबीच तनाव उत्पन्न भएपछि सुनसरी जिल्ला प्रशासन कार्यालयले इनरुवा नगरपालिका, हरिनगर गाउँपालिका, देवानगन्ज गाउँपालिका, भोक्राहा नरसिंह गाउँपालिका र कोसी गाउँपालिकामा अर्को सूचना नआएसम्मका लागि शुक्रबार साँझ ५ बजेदेखि कर्फ्यु आदेश जारी गरेको थियो ।
दुई समुदाय बीचको विवाद समाधानका विषयमा आज सर्वदलीय/सर्वपक्षीय बैठक बसेको हो । बिहान साढे १० बजे जिल्ला प्रशासन कार्यालयमा सर्वदलीय सर्वपक्षीय बैठक राखेर विवाद समाधानका विषयमा छलफल गरिने प्रमुख जिल्ला अधिकारी आचार्यले बताए । केही दिनयता सुनसरीका सीमावर्ती क्षेत्रमा सामाजिक र धार्मिक सद्भाव खल्बल्याउने गरी दुई धार्मिक समुदायबीच झडप भइरहेका छन् ।
गत बिहीबार एक समूहले हिन्दु समुदायका युवालाई मरणासन्न हुने गरी कुटपिट गरेको थियो । त्यसपछि तनावले उग्ररुप लिँदा सम्भावित हिंसा रोक्न प्रशासनले कर्फ्यु लगाएको हो । स्थिति अझै सामान्य भइसकेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार