के गर्छिन् अमिताभ बच्चनकी नातिनी नव्या ?
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
चैत २४, २०८० शनिबार १४:१९:१४
![](https://nepalbahas.prixacdn.net/media/albums/natini_Iocqn4hz3q_ktK2nZo1eu.jpg)
२४ चैत, काठमाडौं । बलिउडका महानायक अमिताभ बच्चनकी नातिनी नव्या नवेली नन्दा फिल्मी क्षेत्रमा नभएपनि उनको चर्चा सधै हुने गर्छ । नव्याले आफ्नो बुवाको व्यवसायमा बढी चासो रहेको बताउदै अहिले आफ्नो सम्पूर्ण ध्यान त्यसमै केन्द्रीत गरिरहेकी छन् ।
यस बाहेक नवयाले महिला सशक्तीकरणका लागि काम गरिरहेकी छन् । नव्याले आफ्नो परिवारको एस्कर्ट र ट्र्याक्टर व्यापारदेखि महिला सशक्तिकरण सम्बन्धि कामका साथै पारिवारिक पोडकाष्ट पनि चलाउँदै आएकी छन् ।
उनले हालै दिएको एक अन्तर्वार्तामा भनेकी छन्- 'म दिल्लीको व्यापारी परिवारबाट हुँ। बुबासहित चार पुस्ताले पारिवारिक व्यवसाय सम्हाल्दै आएका छन् । म सधैं व्यापारिक वातावरणमा हुर्केको छु। बुबा घरमा आउँदा सेयर र ब्यापारको कुरा गर्नु हुन्थ्यो । मलाई यसमा धेरै चासो थियो। मेरो कम्पनीले एस्कर्ट र ट्र्याक्टर उत्पादन गर्छ ।'
उनले अगाडी भनेकी छन्( ुमलाई सानैदेखि ट्र्याक्टरमा धेरै रुचि थियो । आज पनि सामाजिक सञ्जाल मार्फत महिला सशक्तिकरणका लागि काम गरिरहेको छु र गरिरहनेछु । मलाई फिल्म र तिनको निर्माणमा कहिल्यै रुचि थिएन ।ु
उनले आफ्नो भाईलाई सानै देखि फिल्मको रुची भएपनि आफ्नो कहिल्लै फिल्ममा रुची नभएको बताएकी छन् ।
उनले भनेकी छन्- 'भाइलाई सानैदेखि अभिनेता बन्ने रहर थियो । उनले फिल्ममा मौका पाएकोमा हामी निकै खुसी छौं । भगवानले उनलाई अझै अगाडि बढ्न मद्दत गरून् । विगत चार वर्षदेखि व्यवसाय हेर्दै आएको छु । मेरो आफ्नै एनजीओ प्रोजेक्ट नाभेली छ । उसको विकासको लागि दिनहुँ काम गरिरहेको छु । सबैलाई थाहा छ मलाई फिल्ममा रुचि छैन, सायद त्यही भएर अफर आउँदैन ।'
उनले आफ्नो एनजीओको शुरुवातको बारेमा भनेकी छन्- 'मैले चार वर्षअघि कोभिडको समयमा परियोजना नभेली सुरु गरेको थिएँ। यस अन्तर्गत सबैभन्दा पहिले हामीले महिनावारीका बेला महिलाले भोग्ने समस्याका बारेमा काम गरेका छौं । त्यतिबेला उनीहरुको सरसफाइ कस्तो हुनुपर्छ भन्ने विषयमा छलफल भएको थियो । अहिले हामी शिक्षा, कानुनी चेतना र उद्यमशीलताको पनि कुरा गरिरहेका छौं। हामी महिलाहरूलाई निस्शुल्क कानुनी परामर्श दिन्छौं। यदि तिनीहरू घरबाटै व्यापार गर्न चाहन्छन् भने हामी तिनीहरूलाई स्रोतहरू उपलब्ध गराउँछौं ।'
यसका साथै उनले शिक्षामा आधारित 'निमाया' परियोजना समेत संचालन गरिरहेकी छन् । साथै उनले आफ्नी आमा श्वेता नन्दा बच्चन र हजुरआमा जया बच्चनको साथमा पोडकाष्ट समेत संचालन गरिरहेकी छन् । यसमा जीवनशैली, नयाँ पुस्ता र समाजका विविध पक्षमा छलफल गर्ने गर्छिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरि-रिलिजमा दोब्बर कमाएपछि ‘सनम तेरी कसमः २ ’का विषयमा निर्देशक-निर्माता बीच लफडा
फागुन ६, २०८१ मंगलबार
'छावा' ले ७२ घण्टामा विक्की कौशलको १० फिल्मको सबै रेकर्ड तोड्यो
फागुन ५, २०८१ सोमबार
रिलिज भएको तीन दिनमा विक्की कौशलको ‘छावा’ले कमायो ११० करोड
फागुन ५, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
रिंकुकुमारी मृत्यु प्रकरणको अनुसन्धान गर्न मधेश सरकारले बनायो एसएसपीको नेतृत्वमा समिति
फागुन ६, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणः धरौटीमा रिहा भएका रवि लामिछाने तारेखका लागि धाइरहेका छन अदालत
फागुन ६, २०८१ मंगलबार
पहिलो तारिख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि
फागुन ६, २०८१ मंगलबार
सन् २०३५ मा उत्सर्जन ६० प्रतिशतले घटाउने जापानको लक्ष्य
फागुन ६, २०८१ मंगलबार
स्कुल बस दुर्घटना बढेपछि विशेष जाँच अभियान थालियो
फागुन ६, २०८१ मंगलबार
प्रकृति लम्सालको शङ्कास्पद मृत्युको विषयमा माइतीघर मण्डलामा विरोध [ फोटो फिचर ]
फागुन ६, २०८१ मंगलबार