अनमोल र पुजासँग भिड्ने भयो पुजार सार्की
नेपालबहस संवाददाता
चैत २४, २०८० शनिबार १४:३५:३६
२४ चैत, काठमाडौं । बहुस्टारकास्ट रहेको ‘पूजार सार्की’ जेठ १० गते प्रदर्शनमा आउने भएको छ । निर्देशक दिनेस राउतले पुजार सार्की जेठ १० गते बुद्ध जयन्तीको अवसर पारेर रिलिज गर्ने घोषणा गरेका हुन् ।
योसँगै जेठ १० गते तीन फिल्म भिड्ने भएका छन् । यस मितिमा पुजार सार्कीसहित अनमोलको फर्की फर्की र पुजा शर्माको ‘दान्भी’ भिड्ने भएपछि फिल्म क्षेत्र तरंगित बनेको छ ।
यी तीनवटै फिल्ममा अहिलेका चल्तीका ‘स्टार’ कलाकार रहेका छन् । ‘पूजार सार्की’ मा प्रदीप खड्का, पल शाह र आर्यन सिग्देल प्रमुख भूमिकामा छन् । त्यस्तै ‘फर्की फर्की’मा अनमोल केसी र जसिता गुरुङ छन् भने ‘दान्भी’ मा पूजा शर्मा प्रमुख भूमिकामा छिन् ।
जेठ १० गते बुद्ध जयन्ती र जेठ १५ गते गणतन्त्र दिवसको विदा रहेको यस साता फिल्म निर्माताले राम्रो फाइदा हुने अनुमान सहित फिल्म रिलिज गर्दै छन् । तर फिल्म विश्लेषकहरुले यहि मात्र कारण नभएर, कलाकारबीचको आपसी दुश्मनी, निर्देशक र निर्मताहरुबीचको आपसी टक्करका कारण तीन ठुला फिल्म भिड्न लागेको बताएका छन् ।
तर जेठ १० नजिकिदै गर्दा तीन मध्ये कम्तिमा एक फिल्म यस मितिमा रिलिज नहुने बताइएको छ । यसमा पुजाको ुदान्भी’को मिति परिवर्तन हुनसक्ने अनुमान गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचलचित्र विकास बोर्डले दश चलचित्र ‘डिजिटाइजेसन’ गर्ने
मंसिर २८, २०८१ शुक्रबार
देशभर सञ्चालित चलचित्र भवनको सूची सार्वजनिक
मंसिर १९, २०८१ बुधबार
पुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
पत्रकार महासंघ सङ्खुवासभा शाखाको अध्यक्षमा शाक्य
मंसिर २९, २०८१ शनिबार
आँबुखैरेनीमा चितुवा नियन्त्रण गर्न पासो थापियो
मंसिर २९, २०८१ शनिबार
आठ वर्षमा पनि बनेन् बेनी अस्पतालको भवन
मंसिर २९, २०८१ शनिबार
पत्रकार महासंघ पर्सा शाखाको अध्यक्षमा खनाल
मंसिर २९, २०८१ शनिबार
एनपिएलमा आज पोखरा र काठमाडौं तथा चितवन र जनकपुर खेल्दै
मंसिर २९, २०८१ शनिबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार