कपमा पिसाब फेर्नेलाइ ६ सय अष्ट्रेलियन डलर जरिवाना
नेपालबहस संवाददाता
चैत २४, २०८० शनिबार १४:४५:२८
२४ चैत, सिड्नी । एक यात्रुले सिड्नी एयरपोर्टमा कपमा पिसाब फेरेको भन्दै जरिवाना गरिएको छ । आफ्नो उडान सिडनी आइ पुगे पछि डिबोर्डिङमा ढिलाइ गर्दा कपमा पिसाब गरेको आरोपमा ती ब्यक्तिलाई जरिवाना गरिएको हो ।
‘यो घटना गत डिसेम्बरमा अकल्याण्डबाट एयर न्यूजील्याण्डको उडानको ३ घण्टा पछि भएको हो,’ अधिकारीहरूले शुक्रबार भने । उनका अनुसार सिड्नीको अदालतले फेब्रुअरीमा आक्रामक व्यवहारको लागि ५३ वर्षीय ६०० अष्ट्रेलियन डलर जरिवाना गराएको हो ।
घटना शुक्रबार मात्रै सार्वजनिक भएको थियो । न्यूजील्याण्ड समाचार वेबसाइट स्टफले यो घटनाका बारेमा लेखे पछि बल्ल मानिसहरूले सार्बजनिक रूपमा थाहा पाएका थिए । सो वेभसाइटका अनुसार उनीसँगै बसेकी यात्री हाउलीले विमान चालक दललाई उनको यो हर्कतका बारेमा रिपोर्ट गरेकी थिइन् ।
झ्यालको सिटमा बसेको व्यक्तिले कपमा पिसाब गरेका थिए, जबकी सोही लहरको सिटमा हाउली र उनकी १५ वर्षीया छोरी पनि रहेकी थिइन् । ती अभियुक्त पुरुष यात्रुको नाम भने खुलाइएको छैन ।
हाउलीले भनिन कि विमान सडकमा करिब २० मिनेटको लागि टर्मिनल गेट छुट्याउन पर्खिएको थियो, सोही बेला ती यात्रुले कपमा पिसाब गरेको स्पष्ट आवाज सुनेकी थिइन ।
स्टफमा प्रकाशित समाचार अनुसार ती व्यक्ति एकदमै नशालु थिए र विमानबाट बाहिर निस्कँदा एक उडान परिचरमा पिसाबसमेत छरिदिएका थिए।
यस्तै, २४ अप्रिल २०२३ मा न्युयोर्कबाट दिल्ली आउँदै गरेको फ्लाइटमा सँगैका यात्रुलाई अर्का एक ब्यक्तिले पिसाब गरिदिएको घटना सार्वजनिक भएको थियो, जहाँ एक महिलाको शरिर माथी अर्का ब्यक्तिले पिशाव फेरिदिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएक खतरनाक जीव, जसले ६० फिट लामो ह्वेल शार्कको सिकार गर्छ, वैज्ञानिक अचम्मित !
मंसिर १६, २०८१ आइतबार
एक कप चियाको एक लाख !
मंसिर १३, २०८१ बिहिबार
धेरै भात खानेमा एसियाली भन्दा अफ्रिकामा बढी
मंसिर १२, २०८१ बुधबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
आज सूर्यदेवको विशेष पूजा आराधना गरिँदै
पुष ७, २०८१ आइतबार
गुल्मीमा भलिबल प्रतियोगिता हुँदै
पुष ७, २०८१ आइतबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ७, २०८१ आइतबार
तेह्रथुममा टिकटक बनाउने क्रममा लडेर २ जनाको मृत्यु
पुष ६, २०८१ शनिबार
प्रदेश राज्यमन्त्री सवार गाडी भारतमा दुर्घटना, ३ जना घाइते
पुष ६, २०८१ शनिबार