सुनसरीमा सम्प्रदायबीच आपसी एकता कायम राख्न सर्वपक्षीय अपील
नेपालबहस संवाददाता
चैत २४, २०८० शनिबार १५:३६:४१
२४ चैत्र, सुनसरी । सुनसरीमा हिंसा भड्कन नदिन सार्वजनिक अपील गरिएको छ । सुनसरी प्रशासनले सर्वपक्षीय छलफल गरेपछि अपील जारी भएको हो । हरिनगर र देवानगञ्जमा दुई पक्षबीच उत्पन्न विवाद समाधानका लागि जनप्रतिनिधि, सामाजिक र धार्मिक क्षेत्रका अगुवाहरूले संयुक्तरुपमा अपिल गरेका छन् ।
जिल्ला सुरक्षा समितीका पदाधिकारीसहित बसेको सर्वपक्षीय बैठकले घटनाका बारेमा विभिन्न सामाजिक सञ्जालहरूमा भ्रामक किसिमका धार्मिक, सांस्कृतिक तथा जातीय तथा सामाजिक सद्भावमा खलल पु¥याउने किसिमका अभिव्यक्ति तथा सामाग्रीहरू सामाजिक सञ्जालहरूमा पोष्ट नगर्न आग्रह गरेको छ ।
यदि यस्तो गरेको पाइएमा जो कोहीलाई कानून अनुसार कारबाही गरिने निर्णय समेत गरेको छ । दुई पक्षबीचको झडपले अवस्था तनावग्रस्त बनेपछि ५ स्थानीय तहमा शुक्रबार साँझ ५ बजेदेखि लगायएको कर्फ्यु अहिले पनि जारी छ । अवस्था सामान्य नबनेसम्म कर्फ्यु नहट्ने प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकार गिराए ।
जिल्ला प्रशासन कार्यालयमा बिहान भएको सर्वपक्षीय बैठकपछि स्थानीय तहका प्रमुख, प्रदेश सभाका सदस्य तथा विभिन्न धार्मिक र जातीय संस्थाका अगुवाहरूले अपिल जारी गरेका हुन् । शुत्रबारबाट सुनसरीको ५ वटा पालिकाहरूमा कर्फ्यु जारी रहेको छ । बैठकमा आएका सवैले समस्या समाधानमा सबै एकजुट भएर लाग्ने प्रतिबद्धता समेत जनाएका छन् ।
अपिलमा केही अराजक तत्वले सामाजिक सद्भाव बिथोल्न खोजेको भन्दै खेद व्यक्त गरिएको छ । यस्तै, सबै धर्म एवं सम्प्रदायबीच आपसी एकता, सद्भाव कायम राख्ने महान् कार्यमा जुट्न उनीहरुले आग्रह समेत गरेका छन् । घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कारबाही गरिने समेत प्रतिबद्धता जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरातो कारमा ल्याइएको १ सय ९० केजी गाँजा सशस्त्र प्रहरी सुनसरीद्धारा बरामद
पुष २, २०८१ मंगलबार
महारानीझोडामा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण शुभारम्भ
मंसिर २४, २०८१ सोमबार
दमकमा बन्यो एक अर्ब ४५ करोडको १८ तले भवन, भोलि प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
मंसिर २२, २०८१ शनिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
आचार्य र पुनको ठाउँमा केसी र पराजुली नियुक्त
पुष ३, २०८१ बुधबार
जनकपुरलाई ८ विकेटले पराजित गर्दै एनपीएलको फाइनलमा पुग्यो सुदूरपश्चिम रोयल्स
पुष ३, २०८१ बुधबार
चन्द्रनिगाहपुर अस्पताललाई विभिन्न उपकरण हस्तान्तरण
पुष ३, २०८१ बुधबार