माइक्रोसफ्टको चेतावनी :- 'चीनले एआईबाट भारतको निर्वाचन प्रभावित गर्न सक्छ'
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
चैत २४, २०८० शनिबार १५:४३:५७
![](https://nepalbahas.prixacdn.net/media/albums/microsoft_aw0JBvoYtJ_5pVW6LNUWZ.jpg)
२४ चैत, काठमाडौं । टेक कम्पनी माइक्रोसफ्टले चीनले भारतमा हुने लोकसभा चुनावलाई बिथोल्ने प्रयास गर्ने चेतावनी दिएको छ । जनवरीमा ताइवानमा भएको निर्वाचनमा चीनले प्रभाव पारेको आरोप लागेको थियो ।
माइक्रोसफ्टको थ्रेट इन्टेलिजेन्स टोलीले चीनले राजनीतिक दलहरूप्रति मतदाताको झुकाव परिवर्तन गर्ने वा आर्टिफिसियल इन्टेलिजेन्स ९एआई० मार्फत भ्रमित गर्ने प्रयास गर्ने बताएको छ । उसले चुनावमा चीनको पक्षमा जनमत परिवर्तन गर्न वा चुनावमा चीनको महत्व देखाउन सक्ने खालका सामग्री सामाजिक सञ्जालमा पोस्ट गर्ने बताएको छ ।
उत्तर कोरियासँगै चिनियाँ समर्थित साइबर समूहले सन् २०२४ मा हुने धेरै देशको चुनावलाई लक्षित गर्ने समेत माइक्रोसफ्टले जनाएको छ ।सन् २०२४ विश्वको लोकतान्त्रिक इतिहासमा सबैभन्दा महत्त्वपूर्ण वर्ष साबित हुन गइरहेको छ । यस वर्ष ६३ देशहरुमा राष्ट्रपति र संसदीय चुनाव हुदै छ । यस बर्ष विश्वको कुल जनसंख्याको ४९ प्रतिशतले मतदानको अधिकार प्रयोग गर्नेछन् ।
माइक्रोसफ्टले आफ्नो विज्ञप्तिमा भनेको छ, 'यस वर्ष विश्वभर विशेषगरी भारत, दक्षिण कोरिया र अमेरिकामा चुनाव हुन लागेको छ । हाम्रो मूल्याङ्कन चीनले आफ्नो हितलाई फाइदा हुने एआई जेनेरेट गरिएको सामग्री सिर्जना गर्ने र वितरण गर्ने छ ।' एआईबाट सामग्रीको प्रभाव आगामी समयमा ठूलो हुनेछ ।
माइक्रोसफ्टले चीनको यो कदमको प्रभाव भविष्यमा बढ्ने चेतावनी दिएको बताएको छ । 'एआई उत्पन्न सामग्रीले थोरै तत्काल प्रभाव पार्नेछ, तर यो प्रविधिको साथ चीनको बढ्दो प्रयोगले समयसँगै थप प्रभाव पार्न सक्छ,' माइक्रोसफ्टले भन्यो ।
टेक कम्पनी माइक्रोसफ्टले ताइवानको चुनावलाई प्रभावित पार्न चीनले एआई मार्फत सामाजिक सञ्जालमा गलत सूचना शेयर गरेको बताएको छ । यस अवधिमा चिनियाँ समूहले नेताहरुको नक्कली अडियो र मेम्स बनाउने गर्दथ्यो । सामाजिक सञ्जालमा भाइरल बनाउन प्रयोग गरियो । केही उम्मेदवारहरूलाई बदनाम गर्ने र मतदाताहरूलाई भ्रमित गर्ने उद्देश्य थियो ।
समुहले ताइवानको डेमोक्र्याटिक प्रोग्रेसिभ पार्टीका राष्ट्रपति पदका उम्मेद्वार विलियम लाइ र अन्य ताइवानी अधिकारीहरूका साथै विश्वभरका चिनियाँ विरोधीहरूको एआई-उत्पन्न मेम्स सिर्जना गरे माइक्रोसफ्टको आरोप छ । टेक कम्पनीले जनतालाई भ्रममा पार्ने वा प्रभाव पार्ने चीनको प्रयास सफल भएको थोरै प्रमाण रहेको बताएको छ । चीनले अमेरिकामा पनि यस्तै गर्ने प्रयास गरेको बताइएको छ ।
माइक्रोसफ्टले एक विज्ञप्तिमा भनेको छ:- 'अमेरिकामा हालैका महिनाहरूमा चिनियाँ एआई उत्पन्न सामग्रीको प्रयोग बढेको छ । जसमा नोभेम्बर २०२३ मा केन्टकीमा भएको रेल दुर्घटना, अगस्ट २०२३ मा भएको जंगलमा आगलागी, जापानको फुकुशिमा प्लान्टबाट निस्किएको विषाक्त पदार्थ समावेश छन् । वाटर्सले संयुक्त राज्य अमेरिकामा लागुऔषधको प्रयोगलगायत धेरै मुद्दाहरूमा संयुक्त राज्य अमेरिका र अन्य ठाउँमा जनतालाई विभाजित वा प्रभाव पार्ने प्रयास गरिरहेको छ ।'
भारतमा ५४३ लोकसभा सीटहरूको लागि सात चरणहरूमा चुनाव हुनेछ । पहिलो चरणको मतदान अप्रिल १९ र अन्तिम चरणको मतदान जुन १ मा हुनेछ । नतिजा जुन ४ गते आउनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्टारलिङ्क विस्तारका लागि मस्कसँग वार्ता भइरहेको बङ्गलादेशको भनाइ
फागुन २, २०८१ शुक्रबार
‘सहर–विनाशक’ क्षुद्रग्रहले पृथ्वीमा ठक्कर दिन सक्छ, हामी कति चिन्तित हुनुपर्छ ?
माघ २३, २०८१ बुधबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
आलिया भट्टले तोडिन् अमेरिकन गायिका जेनिफर लोपेजको रेकर्ड
फागुन ४, २०८१ आइतबार
इजरायली हवाई आक्रमणमा गाजामा तीन प्रहरी अधिकारीको मृत्यु
फागुन ४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी, निभाउने प्रयास जारी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार