इलाममा २० र बझाङमा १२ उम्मेदवारको मनोनयन दर्ता
नेपालबहस संवाददाता
चैत २४, २०८० शनिबार १९:५१:२८
२४ चैत, काठमाडौं । इलाम निर्वाचन क्षेत्र नं २ को उपनिर्वाचनका लागि ८ स्वातन्त्रसहित २० जनाले आज उम्मेदवारी दर्ता गराएका छन् । १५ वैशाखमा हुने उपनिर्वाचनका दल र स्वतन्त्र उम्मेदवार गरी २० जनाले मनोनयन दर्ता गराएका हुन ।
शनिबार दलका १२ जना र स्वतन्त्र ८ गरी २० जनाले उम्मेदवारले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जसमा नेपाली कांग्रेसका डम्बर खड्का, नेकपा एमालेका सुहाङ नेम्वाङ, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलनकुमार योङयाङ लिम्बु, राप्रपाका लक्ष्मी गुरुङ, नेकपा एकीकृत समाजवादीका जीतबहादुर राई, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै राप्रपा नेपालका गणेशबहादुर चौकान, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयवन्तविक्रम शाह, नेशनल रिपब्लिक पार्टीका धनराज राना मगर, मंगोल नेशनल अर्गनाइजेसनका मनिबहादुर लिम्बू, नेपाली जनता दलका रेशमबहादुर सुनार, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जीले पनि मनोनयन दर्ता गराएका छन् ।
अर्जुनबहादुर शाही, केशवकुमार चापागाईं, डाकप्रसाद गौतम, दिपेश बोहरा, मनोज निरौला, योगेन्द्र गुरुङ र राज बस्यालले स्वतन्त्र उम्मेदवारी दिएका छन् । इलाम–२ को उपनिर्वाचनमा सबै प्रतिस्पर्धी पुरुष रहेका छन् । इलाम २ मा पहिचान पक्षधर विभिन्न ४१ राजनीतिक शक्ति र संघसंस्थाको समर्थनमा डकेन्द्र सिंह लिम्बु थेगिम उम्मेदवार बनेका छन् । उनलाई जनता समाजवादी पार्टीले पनि समर्थन गरेको छ ।
४ मंसिर २०७९ मा भएको आम निर्वाचनबाट निर्वाचित एमाले नेता सुवासचन्द्र नेम्वाङको २५ भदौको राति निधन भएपछि खाली रहेको प्रतिनिधिसभा सदस्य पदमा चुनाव हुन लागेको हो । एमालेले सुवासका छोरा सुहाङलाई उम्मेदवार बनाएको छ । उनलाई नेकपा माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपाले समर्थन गरेको छ । कांग्रेस उम्मेदवार डम्बर खड्का ४ मंसिर २०७९ को चुनावमा सुवास नेम्वाङसँग ११४ मतान्तरले पराजित भएका थिए ।
यस्तै बझाङको प्रदेश सभा निर्वाचनमा कांग्रेसका अभिषेकबहादुर सिंह, नेपाली जनता दलका अशोक सुनार, नेसनल रिपब्लिकका किशोरकुमार खड्का, नेमकिपाका खगेन्द्रबहादुर शाही, राष्ट्रिय मातृभूमिका गजेन्द्रबहादुर थापा, माओवादी केन्द्रका जनकबहादुर बुढा, एमालेका दमनबहादुर भण्डारी, संघीय लोकतान्त्रिक राष्ट्रिय मंचका दिपकबहादुर खड्का, एकीकृत समाजवादीका दिलबहादुर सिंह, जसपाका रामबहादुर जाग्री र जनमत पार्टीका सुशीलादेवी विष्ट उम्मेदवार बनेकी छन् ।
उम्मेदवारको मनोनयनपत्र दर्ता भई सूची प्रकाशन भएपछि चैत २५ गते उम्मेदवारको विरोधमा उजुरी दिने समय निर्धारण गरिएको छ भने २६ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गर्ने र उम्मेदवारको नामावली प्रकाशन गर्न २७ गतेको समय निर्धारण गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरातो कारमा ल्याइएको १ सय ९० केजी गाँजा सशस्त्र प्रहरी सुनसरीद्धारा बरामद
पुष २, २०८१ मंगलबार
महारानीझोडामा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण शुभारम्भ
मंसिर २४, २०८१ सोमबार
दमकमा बन्यो एक अर्ब ४५ करोडको १८ तले भवन, भोलि प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
मंसिर २२, २०८१ शनिबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ अन्यको विनिमय दर ( हेर्नुस् सूची )
पुष ९, २०८१ मंगलबार
मौसममा बदली भएसँगै नेपालमा पुनःचिसो बढ्न सुरु
पुष ९, २०८१ मंगलबार
अब भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने
पुष ९, २०८१ मंगलबार
भारतबाट रित्तो हात फर्किइन आरजुः प्रधानमन्त्रीको भारत भ्रमण अनिश्चित
पुष ९, २०८१ मंगलबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार