रामायणमा रणवीर कपुरलाई २२५ करोड पारिश्रमिक ! अरूलाई कति ?
नेपालबहस संवाददाता
चैत २५, २०८० आइतबार ९:४८:५८
२६ चैत, काठमाडौं । नितेश तिवारीको फिल्म रामायणको सुटिङ सुरु भएको छ । हालै सेटका कलाकारका केही तस्विर पनि सार्वजनिक भएका छन् ।
जसमा अरुण गोभिल, लारा दत्त र शीबा चड्डा पूरै पहिरनमा देखिएका थिए । नितेश तिवारी पनि फिल्मको सेटमा देखिएका थिए ।
यसलाई रणवीर कपुरको करियरकै सबैभन्दा ठूलो फिल्म भनिएको छ । जसका लागि उनले राम्रै पारिश्रमिक पनि लिएका छन् ।
नितेश तिवारीले ‘रामायण’लाई तीन भागमा बनाउन लागेको खबर छ । कोइ मोइ डटकमको रिपोर्ट अनुसार रणवीर कपुरले ‘रामायण’ को एक फिल्मका लागि करिब ७५ करोड भारु लिइरहेका छन् ।
अर्थात् उनलाई तीन फिल्मका लागि करिब २२५ करोड रुपैयाँ दिइनेछ । जहाँ सीताको भूमिका निभाउन लागेकी साई पल्लवीलाई एउटा फिल्मका लागि ६–८ करोड मात्रै दिइनेछ ।
यशले फिल्ममा रावणको भूमिका निर्वाह गर्ने बताइएको छ । उनले एउटा फिल्मका लागि करिब ५० करोड भारु लिनेछन् । केही दिनअघि यश ‘रामायण’ को दोस्रो र तेस्रो किस्तामा मात्रै देखिने खबर पनि आएको थियो । जसका लागि उनलाई कुल १०० करोड रुपैयाँ दिइने छ । केजीएफ र ‘ब्रह्मास्त्र’ पछि यश र रणवीर कपुरको लोकप्रियता निकै बढेको छ ।
हालै सामाजिक सञ्जालमा अरु केही तस्विरहरु बाहिर आएका छन् । अरु तस्बिरहरु सेयर भए पनि केहि समय पछि डिलिट भयो । फिल्मसँग सम्बन्धित कुनै पनि फुटेज वा कलाकारको लुक्स पहिल्यै सार्वजनिक होस् भन्ने निर्माताले नचाहने विश्वास गरिएको छ । त्यसैले सेटबाट कुनै पनि तस्विर लीक नहोस् भन्ने कुरामा विशेष ध्यान दिइएको छ । तर यति कडा सुरक्षापछि पनि सेटबाट केही भिडियो र तस्विरहरु बाहिरिएका छन् ।
यसको आधिकारिक घोषणा यही रामनवमीमा गरिने बताइएको छ । मिडिया रिपोर्टमा यो ठूलो बजेटको मल्टीस्टारर फिल्म हुने दाबी गरिएको छ । जसमा बलिउडसँगै साउथका स्टारहरु पनि रहनेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुष्पा-२ को ट्रेलरले बनायो नयाँ किर्तिमान, अहिलेसम्म कति भ्यूज पायो ?
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
आर्यन खानको वेभ सिरिज नेटफ्लिक्समा आउने
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि
मंसिर ११, २०८१ मंगलबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ११, २०८१ मंगलबार
आज यी तीन प्रदेशमा पानी पर्ने सम्भावना
मंसिर ११, २०८१ मंगलबार
आज काठमाडौं यी स्थानमा बिजुली काटिने
मंसिर ११, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर ११, २०८१ मंगलबार