काठमाडौं महानगरभित्र आजदेखि गरिब घरपरिवारको गणना सुरु, २०९ जना गणक परिचालन
नेपालबहस संवाददाता
चैत २५, २०८० आइतबार ९:५८:३६
२५ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाले आज आइतबारबाट गरिब घर परिवारको पहिचानका लागि गणक खटाएको छ । २०९ जना गणकले महानगरभित्र रहेका गरिब घर परिवारको पहिचान गरी रिपोर्ट प्रस्तुत गर्ने छ । महानगरका अनुसार गरिब परिवारलाई सरकारी सेवा सुविधा उपलब्ध गराउने सरकारको नीतिअनुसार गरिब पहिचान गर्न लागिएको हो ।
महानगरले बताए अनुसार सरकारले ४९ जिल्लामा गरिब घरपरिवारको परिचयपत्र बाँडिसकेको छ भने १५ जिल्लामा परिचय पत्र बाँड्ने तयारी भइरहेको छ । बाँकी १३ जिल्लाका काठमाडौं महानगर बाहेक सबै पालिकामा गरिब घरपरिवारको गणना सम्पन्न भइसकेको छ । काठमाडौं महानगरपालिका भित्र गणना सकिएपछि देशभरकै गरिब परिवारको गणना सम्पन्न हुने छ ।
गरिब तथ्यांक संकलनको काम २०७० सालमा २३ वटा जिल्लाबाट सुरु गरिएको थियो । हरेक ५ वर्षमा गरिब परिचय पत्र नवीकरण गराउनुपर्ने कानुनी व्यवस्था भए पनि अहिलेसम्म कसैको पनि नवीकरण गरिएको छैन । यसका लगि महानगरले गरिब पहिचान गर्न २०९ जना गणक र २१ जना सुपरीवेक्षक खटाएको छ । उनीहरुलाई महानगरपालिकाले तालिम दिएर पठाएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव हुने
पुष ४, २०८१ बिहिबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
शिवसताक्षीका चार वडालाई नुनिया धानको पकेट क्षेत्र घोषणा
पुष २, २०८१ मंगलबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
जग्गाको सदुपयोग गर्ने प्रमुख माध्यम किबीखेती,बागलुङको किबी बुटबलमा खपत
पुष ९, २०८१ मंगलबार
हुम्लामा हिमपात, एक फिटसम्म हिउँ जमेपछि चिसोले जनजीवन प्रभावित
पुष ९, २०८१ मंगलबार
पाथीभरा पदमार्गमा घण्टीको प्रवेशद्वार निर्माण गरिने
पुष ९, २०८१ मंगलबार
सुनकोशीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान सुरु
पुष ९, २०८१ मंगलबार
दृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार
थाइल्याण्ड, कम्बोडियालगायत देशमा जाँदा सावधानी अपनाउन आग्रह
पुष ९, २०८१ मंगलबार