केही नेपाल ऐन संशोधनसम्बन्धी विधेयकमाथि छलफल गर्न समितिले बोलायो ६ जना मन्त्री
नेपालबहस संवाददाता
चैत २५, २०८० आइतबार ११:७:१७
२५ चैत, काठमाडौं । प्रतिनिधिसभाको एउटा समितिले आइतबार एकैपटक ६ जना मन्त्रीलाई बोलाएको छ । कानुन, न्याय र मानवअधिकार समितिले विधेयकमाथि छलफल गर्न भन्दै सरकारका ६ जना मन्त्रीलाई बैठकमा बोलाएको छ ।
समितिका सभापति विमला सुवेदीले समितिमा ६ जना मन्त्रीलाई डाकिएको बताइन् । समितिमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल छ । समितिले विधेयकमाथिको छलफलका लागि कानुन, न्याय र संसदीय मामिला मन्त्री पदम गिरी, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याललाई बोलाएको छ ।
यस्तै भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव र कृषि तथा पशुपक्षी मन्त्री ज्वालाकुमारी साहलाई पनि बोलाइएको छ । बैठकमा मुख्यसचिव र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कर्मचारीलाई पनि डाकिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार