फराहले शाहरुख खानलाई आर्मी अफिसर बनाउने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
चैत २५, २०८० आइतबार ११:५४:५९
![](https://nepalbahas.prixacdn.net/media/albums/newskarkahna-news673920._Fw2f68iP3U_xhMdqOs6OD.jpg)
२५ चैत, मुम्बई । शाहरुख खानको एउटा फिल्म सन् २००४ मा रिलिज भएको थियो–नाम थियो ‘मै हूं ना।’ जसमा शाहरुख आर्मी अफिसर बनेका थिए ।
त्यसपछि सन् २०१२ मा एउटा फिल्म आयो जसको नाम थियो– ‘जब तक हैं जान’, यसमा पनि शाहरुखले आर्मी अफिसरको भूमिका निभाएका थिए । अब खबर आइरहेको छ कि शाहरुख फेरि एक पटक ठूलो पर्दामा आर्मी अफिसरको भूमिकामा देखिन सक्नेछन् ।
मिडिया रिपोर्टमा खबर छ कि शाहरुखले चाँडै आफ्नो अर्को फिल्मको घोषणा गर्न सक्ने छन्। उनको यो फिल्म निर्देशक फराह खानसँग हुन सक्छ । यस फिल्ममा शाहरुख फेरि आर्मी अफिसरको भूमिकामा देखिने छन् ।
यो पनि मल्टिस्टार फिल्म हुने बताइएको छ । जसले ‘मै हुन ना’ को कथानकलाई धेरै हदसम्म पछ्याउने छ। यद्यपी यी समाचारमा अहिलेसम्म कुनै आधिकारिक रुपमा जानकारी दिइएको छैन । तर, फ्यानहरु भने यो फिल्मलाई लिएर निकै उत्साहित छन् ।
शाहरुख खान र फराह खानको जोडीले तीनवटा फिल्ममा सँगै काम गरिसकेका छन् । फराहले अहिलेसम्म ४ वटा फिल्म निर्देशन गरिसकेकी छिन् । जसमध्ये उनले शाहरुखसँग ३ फिल्ममा काम गरिसकेका छन् । फराहको पहिलो निर्देशकीय डेब्यू फिल्म ‘मै हूँ ना’ थियो । जुन शाहरुख खानको प्रोडक्सन कम्पनी रेड चिलीज इन्टरटेनमेन्ट अन्तर्गत बनेको फिल्म थियो । यसपछि फराहले शाहरुखसँग ‘ओम शान्ति ओम’ बनाइन् । जुन ब्लकबस्टर बन्यो ।
त्यसपछि फराहले सन् २०१४ मा ‘ह्याप्पी न्यू इयर’ नामको फिल्म बनाइन् । यो मल्टिस्टार डकैती फिल्म थियो। जसले टिकट विन्डोमा राम्रो प्रदर्शन गर्यो। त्यसयता फराह खानले कुनै फिल्म बनाएकी छैनन् । खबरको विश्वास गर्ने हो भने फराह शाहरुखसँग फिल्म बनाउने योजनामा छिन् । तर अझै केही फाइनल भएको छैन । हालै एक युट्युब च्यानललाई दिएको अन्तर्वार्तामा फराहले आफूले अबको जुनसुकै फिल्म बनाउँदा शाहरुख खानसँग मात्रै बनाउने बताइन् ।
ठीक छ, जबसम्म निर्माता पक्ष वा शाहरुख खानबाट केहि फाइनल हुँदैन, कुनै आधिकारिक घोषणा हुँदैन, केहि भन्न धेरै हतार हुनेछ। शाहरुखको कुरा गर्ने हो भने उनका ‘जवान’, ‘पठान’ र ‘डंकी’ गत वर्ष आएका थिए । यी तीनवटै फिल्मले विश्वभर २६ सय करोडभन्दा बढी कमाइ गरेका थिए । अबको केही दिनमा शाहरुखले ‘किंग’ नामको फिल्म सुरु गर्न लागेका छन् । यो चलचित्रको छायांकन मेबाट सुरु हुँदैछ । यसमा शाहरुखसँगै उनकी छोरी सुहाना पनि देखिने छिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओस्कार अवार्ड : २०२५ मा ऋतिक रोशनको १७ वर्ष पुरानो फिल्म देखाइने
फागुन ४, २०८१ आइतबार
कल्की निर्देशकले नयाँ फिल्ममा आलिया भट्टलाई लिने
फागुन ४, २०८१ आइतबार
सनी देओलको १९९६ को ‘घातक’ फेब्रुअरी अन्तमा पुनः रिलिज हुने
फागुन ४, २०८१ आइतबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
आलिया भट्टले तोडिन् अमेरिकन गायिका जेनिफर लोपेजको रेकर्ड
फागुन ४, २०८१ आइतबार
इजरायली हवाई आक्रमणमा गाजामा तीन प्रहरी अधिकारीको मृत्यु
फागुन ४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी, निभाउने प्रयास जारी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार