कांग्रेसको ध्यानाकर्षण बेवास्ता गर्दै प्रदेश प्रमुख भट्टद्वारा अधिकारीलाई गण्डकीको मुख्यमन्त्रीमा नियुक्त
नेपालबहस संवाददाता
चैत २५, २०८० आइतबार १३:४१:२५
२५ चैत, पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा धेरै दलहरूको समर्थनमा अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । नेपाली कांग्रेसले असंवैधानिक तरिकाले मुख्यमन्त्री नियुक्त गर्न नमिल्ने भन्दै प्रदेश प्रमुखलाई ध्यानाकर्षणसमेत गराएको थियो ।
कांग्रेसको ध्यानाकर्षण लगत्तै प्रदेश प्रमुखले अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कांग्रेसले अधिकारीले दावी पेश गरेपछि असंवैधानिक प्रक्रियाबाट मुख्यमन्त्री नियुक्त नगर्न गण्डकी प्रदेश प्रमुखको ध्यानाकर्षण गराएको थियो । मुख्यमन्त्री समेत रहेका कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नेतृत्वको टोलीले प्रदेश प्रमुख डिल्लीराज भट्टको ध्यानाकर्षण गराएको हो ।
आइतबार प्रदेश प्रमुखको कार्यालयमा पुगेर टोलीले चारबुँदे असहमतिपत्र बुझाएको हो । गण्डकीमा सभामुखलाई समेत गणना गरेर आइतबारै नेकपा एमाले, नेकपा माओवादी र दीपक मनाङेले खगराज अधिकारीलाई मुख्यमन्त्री नियुक्त गर्न भन्दै प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका थिए ।
नेपालको संविधानको धारा १८२ ले सभामुख सरकार गठनको जोडघटाउबाट अलग रहेको तटस्थ पद हो भनी व्यवस्था गरेको कांग्रेसको भनाइ थियो । तर, यस लगत्तै प्रदेश प्रमुखले अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्ति गरेका छन् । कोसी प्रदेशमा यसअघि सभामुखलाई समेत गणना गरेर बहुमत पुर्याउँदा सर्वोच्च अदालतले बदर गरेको घटना प्रसंग समेत पत्रमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीपीसीलाई विद्युत महसुल बढाउने अनुमति दिएपछि उपभोक्ताहरु चरणबद्ध आन्दोलनमा
जेठ ८, २०८१ मंगलबार
व्यास नगरपालिका ‘पूर्णखोप सुनिश्चित’ घोषित
जेठ ८, २०८१ मंगलबार
गाउँपालिकाद्वारा ‘संस्कार शिक्षा’ को पठनपाठन सुरु
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
कोलकोता आइपिएलको फाइनलमा
जेठ ९, २०८१ बुधबार
कैलाश सिरोहियालाई आजै अदालतमा पेश गरिने
जेठ ९, २०८१ बुधबार
क्यानडामा पर्यटन प्रवर्द्धन कार्यक्रम
जेठ ९, २०८१ बुधबार
जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै
जेठ ९, २०८१ बुधबार
कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बस्दै
जेठ ९, २०८१ बुधबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ९, २०८१ बुधबार