बागलुङका सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दै
नेपालबहस संवाददाता
चैत २५, २०८० आइतबार १४:१३:२८
२५ चैत, बागलुङ । पछिल्लो समय बागलुङका सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दै गएको छ । जनसङ्ख्याको ऋणात्मक वृद्धि र संस्थागत विद्यालयप्रति विद्यार्थीको आकर्षण बढ्न थालेपछि सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या बढाउन चुनौतीपूर्ण देखिएको छ ।
ओरालो लागि रहेको विद्यार्थी सङ्ख्या बढाउन र सामुदायिक प्रतिको अभिभावकमा रहेको भ्रम चिर्नका लागि यहाँका केही सामुदायिक विद्यालयले नयाँ शैक्षिक सुरु हुनु अगावै घरदैलो अभियान चलाइरहेका छन् ।
बागलुङका केही सामुदायिक विद्यालयले विद्यार्थी सङ्ख्या बढाउन भर्ना गर्न घरदैलो अभियान चलाइरहेको पाइएको छ । मजदुर, विपन्न र माझी समुदायका विद्यार्थीले अध्ययन गर्दै आएको बागलुङ नगरपालिका–१ रामरेखा आधारभूत विद्यालयले एक हप्तादेखि घरदैलो अभियान चलाइरहेको छ ।
यस्तै बागलुङकै जेठो विद्यालय रहेको विद्यामन्दिर माध्यमिक विद्यालयले पहिलो चरणमा घरदैलो अभियान चलाइसकेको छ भने सिगाना माध्यामिक विद्यालय लामिचौरले अहिले विद्यार्थी आकर्षित गर्न गाउँ–गाउँमा घदैलो अभियान चलाइरहेको छ ।
सामुदायिक विद्यालयले अगाँलेको गुणस्तरीय शिक्षाको विषयमा अभिभावक जानकार नहुँदा सामुदायिक विद्यालयप्रतिको विश्वास घटेकाले घरदैलो अभियान चलाइरहेको रामरेखा आधारभूत विद्यालका शिक्षक विष्णुराज पौडेलले जानकारी दिए । उनले बागलुङ बजार क्षेत्रमै रहेको सामुदायिक विद्यालय ओझेलमा परेको भन्दै गुणस्तर वृद्धिसँगै विद्यार्थी बढाउने अभियान एक हप्तादेखि चलाइरहेको बताए ।
“चौधा अपाङ्गता भएका विद्यार्थी सहित एक सय १७ विद्यार्थी हाम्रो विद्यालयमा छन्, जसमध्ये मजदुर, विपन्न र अल्पसङ्ख्यक तथा सिमान्तकृत समुदायका विद्यार्थी अध्ययन गर्ने विद्यालयमा अन्य विद्यार्थी आर्कषित गर्न र सामुदायिक विद्यालयको विद्यालयप्रतिको गुनासो सुन्न घरदैलो अभियानमा छौं”, शिक्षक पौडेलले भने, “घरदौलो अभियानपछि दुई सय विद्यार्थी पु¥याउने लक्ष्य छ, विद्यालयले स्कुल भ्यान खरिद गर्न थालेकाले मालढुङ्गाका विद्यार्थीलाई ल्याउन सहज हुनेछ ।”
शिक्षक पौडेलले बजार क्षेत्रमा सामुदायिक विद्यालय र संस्थागत विद्यालयप्रतिको अभिभावकको धारणा चिर्नका लागि घरदौलो अभियान प्रभावकारी बनेको बताए । मालढुङ्गाका सिमान्तकृत माझी समुदाय र मजदुरका छोराछोरी विद्यालय टाढा हुँदा यातायातको सुविधाका लागि संस्थागत विद्यालयमा भर्ना गर्नुपर्ने बाध्यता रहेको स्थानीय गणेश माझीले बताए । उनले मालढुङ्गादेखि बागलुङ सदरमुकाम पुग्ने सवारीसाधन भएमा सामुदायिक विद्यालयमा विद्यार्थी आर्कर्षित हुने बताए ।
रामरेखा आधाभूत विद्यालयको टोली अंग्रेजी माध्यमबाट पढाउने, स्कूल भ्यान खरिद गर्ने जस्ता योजना लिएर घर घरमा पुगेको हो । यस्तै बागलुङ–८ स्थित सिगाना माध्यमिक विद्यालय लामिचौरले सामुदायिक विद्यालयमा विद्यार्थी आर्कषण गर्न घरदैलो अभियानलाई गाउँ–गाउँ पु¥याएको छ ।
पछिल्लो समय भौतिक पूर्वाधारका कारण मुहार फेरेको विद्यालयले विद्यार्थीको सङ्ख्या र गुणस्तर दुवै बढाउनका लागि घरदैलो अभियानलाई तीव्रता दिएको शिक्षक अभिभावक सङ्घका अध्यक्ष गोविन्दप्रसाद गौतमले बताए ।
उनले विद्यालयमा सुविधा सम्पन्न कक्षा कोठा, डिजिटल बोर्डबाट अध्ययन अध्यापन, ल्याब, कम्प्युटर शिक्षा र चिल्ड्रेन पार्क जस्ता सुविधा थप गरेर अभिभावक कहाँ पुगेको बताए । सामुदायिक विद्यालय संस्थागतभन्दा अब्बल बन्न सक्ने भन्दै उनले अभिभावलाई सामुदायिक विद्यालयप्रतिको शङ्कालाई चिर्न घर–घरमा पुगेर विद्यालयले प्रदान गरेको सेवा तथा सुविधालाई जानकारी गराइरहेको बताए ।
“सामुदायिक विद्यालयमा गुणस्तर बढाउन सकेमा विद्यार्थीको अभाव हुँदैन, संस्थागत छाडेर सामुदायिक विद्यालयमा विद्यार्थी आउने वातावरण हामीले बनाइसकेका छौँ”, गौतमले भने, “अहिले एक सय ३५ विद्यार्थी रहेको सिगाना माध्यमिक विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउनका लागि विद्यालयको क्षेत्र सिगाना र रेशमा घरदैलो अभियानलाई जारी राखिएको छ ।”
यस्तै बागलुङको पुरानो सामुदायिक विद्यालय विद्यामन्दिर माध्यमिक विद्यालयले विद्यार्थीको खाँचो नभए पनि सामुदायिक विद्यालयप्रति अभिभावकलाई सचेत बनाउन घरदैलो अभियान चलाइरहेको छ । विद्यामन्दिर माध्यमिक विद्यालयमा अहिले एक हजार तीन सय ९९ विद्यार्थी रहे पनि विद्यार्थी थप आकर्षण गर्नका लागि घरदैलो अभियान चलाइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुलाल शाक्यले जानकारी दिए ।
“जिल्लामै धेरै विद्यार्थी हुने विद्यालयमा हाम्रो सामुदायिक विद्यालय पर्दछ, तर सामुदायिक विद्यालय संस्थागतभन्दा अब्बल छ भन्ने सन्देश दिन घरदैलो अभियानमा छौँ”, शाक्यले भने “बाँकी अभियान भर्ना खुलेपछि चलाउछौँ, गुणस्तरीय शिक्षा दिन सके संस्थागत छाडेर सामुदायिक विद्यालयमा विद्यार्थी ल्याउन सकिन्छ भन्ने उदाहरण हाम्रै विद्यालय हो, अझै शैक्षिक गुणस्तरका लागि हामी लागिरहेका छौँ ।”
बागलुङका अन्य सामुदायिक विद्यालय विद्यार्थीका लागि विभिन्न नयाँ योजना लगेर सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षित गर्नका लागि अभिभावकको घरदैलोमा पुग्न थालेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतातो हावा चल्न थालेपछि बुटवलका विद्यालय दुई दिन बन्द
बैशाख २०, २०८१ बिहिबार
दाङको तुलसीपुर उपमहानगरले माग्यो निजी विद्यालयको शुल्क विवरण
बैशाख १८, २०८१ मंगलबार
सर्लाहीका पाँच पालिकाका विद्यालयले अझै पाठ्यपुस्तक वितरण गरेनन्
बैशाख १५, २०८१ शनिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट ३ जना पक्राउ
नेपालबहस संवाददाता
बैशाख २०, २०८१ बिहिबार
प्रधानमन्त्रीका कुरा सुन्दा ‘कि सत्ता समीकरण फेरिन्छ, कि अध्यादेशबाट बजेट आउँछ’
बैशाख २२, २०८१ शनिबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
गृहमन्त्रीको राजीनामा हाम्रो माग होइन, संसद चल्न संसदीय छानबिन समिति बन्नुपर्छः कोइराला
बैशाख २२, २०८१ शनिबार
विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ
बैशाख २२, २०८१ शनिबार
भारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो
बैशाख २२, २०८१ शनिबार
नेपाललाई हिन्दू गणराज्य घोषणा गर्न माग
बैशाख २२, २०८१ शनिबार
लोकप्रिय बन्दै बागलुङको कोदोको बिस्कुट, माग धान्नै मुश्किल
बैशाख २२, २०८१ शनिबार
श्रीराम हस्पिटलको आयोजनामा १४ महिलासहित ६० जनाले गरे रक्तदान
बैशाख २२, २०८१ शनिबार
सुर्खेतको मालपोत कार्यालयमा आगलागी
बैशाख २२, २०८१ शनिबार