मुगुमा भर्नासँगै विद्यार्थीका हातमा पाठ्यपुस्तक
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
चैत २५, २०८० आइतबार १४:४१:१२
![](https://nepalbahas.prixacdn.net/media/albums/mugu_book_mxecWtvwuu_Jcfbl4MLS0.jpg)
२५ चैत, मुगु । विगतका वर्षमा पाठ्यपुस्तकको अभाव झेल्दै आएका यहाँका विद्यार्थीले यसपटक भने समयमै पाठ्यपुस्तक पाउने भएका छन् । शैक्षिक सत्र सुरु हुन एक हप्ता बाँकी छँदै जिल्लामा पाठ्यपुस्तक पुगिसकेको छ ।
विगत वर्षमा विद्यार्थीले वार्षिक परीक्षा आइसक्दा पनि सबै विषयका पुस्तक नपाउने अवस्था थियो । तर यसपटक भने शैक्षिक सत्र सुरु नहुँदै पाठ्यपुस्तक आइसकेको छ । शुक्रबारसम्म जिल्लास्थित चारवटा स्थानीय तहमध्ये छायाँनाथ रारा नगरपालिका, सोरु र खत्याड गाउँपालिकाका सामुदायिक विद्यालयका लागि पाठ्यपुस्तक आइसकेको छ ।
छायाँनाथ रारा नगरपालिकामा रहेका ४५ सामुदायिक विद्यालयमा लागि पहिलो चरणमा चार हजार पाँच सय थान पुस्तक जिल्लामा पुगेको पुस्तक बिग्रेता जयलक्ष्मी पुस्तक पसलका प्रोपराइटर लक्ष्मी भामले बताए ।
“विगतमा बिक्रेताले ढिलो किताब उठाउँदा जनक शिक्षामा पूरै विषयका पुस्तक नपाउने र पाइए पनि अधुरा विषय पाइने गरे पनि यसपटक समय मै पुस्तक ल्याउन ताकेता गरेका थियौँ”, छायाँनाथ रारा नगरपालिकाका प्रमुख विष्णुकुमार भामले भने, “जनक शिक्षा सामग्री केन्द्रले पनि पर्याप्त पुस्तक समय मै छपाएको र ढुवानी पनि भएपछि समयमै पाठ्यपुस्तक उपलब्ध भएको हो ।”
जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित सोरु गाउँपालिकामा पनि यसपटक समयमै पुस्तक पुगेका छन् । शनिबार सदरमुकाम गमगढी पुगेका पुस्तक सोही दिन सोरु गाउँपालिका पु¥याइएको छ । सो पालिकाका शिक्षा शाखा प्रमुख वीरेन्द्र मल्लले भने, “यहाँका ३८ वटा सामुदायिक विद्यार्थीलका लागि पुस्तक बिक्री गर्न जिम्मा लिएको शाही जनरल अडर एण्ड सप्लायर्सले चार हजार सात सय ७१ विद्यार्थीका लागि पुग्ने गरी सबै विषयका पुस्तक पालिकामा पु¥याइसकेको छ २७ गतेबाट विद्यार्थीललाई बिक्री वितरण सुरु गरिनेछ ।”
मुगुम कार्मारोङ गाउँपालिकामा रहेका १६ वटा सामुदायिक विद्यालयका विद्यार्थीका एक हजार दुई सय विद्यार्थीका लागि पुस्तक बिक्रेताको जिम्मा लिएको युके स्टेशनरीले शुक्रबार जनक शिक्षा सामग्री केन्द्र कर्णाली प्रदेशबाट पुस्तक बुझी गाडीमा पठाइसकेको र बुधबारसम्म पालिका केन्द्र पुलसम्म पुस्तक पुगिसक्ने मुगुम कार्मारोङ गाउँपालिका शिक्षा शाखा प्रमुख सुवास रावलले जानकारी बताए ।
खत्याड गाउँपालिकामा रहेका ४० वटा सामुदायिक विद्यार्थीलका लागि पुस्तक बिक्रेताको जिम्मा लिएको एमभि इन्टरप्राइजेजले गत आइतबार नै पालिमा पुस्तक पुर्याइ बिक्री वितरण सुरु गरिसकेको शिक्षा शाखा प्रमुख दानबहादुर बुढाले बताए । “शैक्षिक सत्र वैशाख १ गतेबाट सुरु हुन्छ । वैशाख १५ गतेसम्म विद्यार्थीमा भर्ना अभियान चल्छ । चैतमै पुस्तक जिल्लामा पुगेकाले भर्नासँगै विद्यार्थीको हातहातमा पुस्तक पुग्छ”, उनले भने ।
यसपटक पुस्तक बिनै विद्यार्थीले परीक्षा दिएको उनले बताए । कक्षा १ देखि १० सम्मका विद्यार्थीले सबै विषयका र कक्षा ११ र १२ का विद्यार्थीले अनिवार्य विषयका पुस्तक निःशुल्क पाउने शिक्षा विकास तथा समन्वय इकाइ मुगुका निमित्त प्रमुख खड्कराज भियालले बताए । मुगुमा एक सय ३९ वटा सामुदायिक विद्यालय छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकक्षा १२ को परीक्षा आगामी वैशाख १२ देखि हुने
फागुन २, २०८१ शुक्रबार
केयू उपकुलपतिका लागि सर्ट लिस्टमा परे १० जना प्राध्यापक (सूचीसहित)
माघ २८, २०८१ सोमबार
सामुदायिक विद्यालयमा मगर भाषाको पढाई
माघ २५, २०८१ शुक्रबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
आलिया भट्टले तोडिन् अमेरिकन गायिका जेनिफर लोपेजको रेकर्ड
फागुन ४, २०८१ आइतबार
इजरायली हवाई आक्रमणमा गाजामा तीन प्रहरी अधिकारीको मृत्यु
फागुन ४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी, निभाउने प्रयास जारी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार