थारु आवासमा पर्यटक बढ्दै, होमस्टे सञ्चालक उत्साहित
नेपालबहस संवाददाता
चैत २५, २०८० आइतबार १४:४९:६
२५ चैत, उदयपुर । दुई वर्षअघि उदयपुरको त्रियुगा नगरपालिकाका–१३ स्थित बेहडवामा सञ्चालित जिल्लाको एक मात्र थारु आवास (होमस्टे) मा अहिले दैनिक सयौँको सङ्ख्यामा पर्यटकको आगमन बढ्न थालेको छ ।
मेचीदेखि महाकालीसम्म र हिमाल पहाडसहित आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भइरहेको होमस्टे सञ्चालक बताउँछन् । पर्यटकको आगमन बढे्सँगै आम्दानी पनि वृद्धि भएको व्यवसायी बताउँछन् ।
गाउँलेहरुले मिलेर सञ्चालन गरेको यो सामुदायिक होमस्टेमा अलिे आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्न थालेको होमस्टे सञ्चालक समितिका अध्यक्ष उतिमलाल चौधरीले बताए । “सुरुमा आठ घरपरिवार मिलेर सञ्चालन गरेका हौँ । स्थानीय पर्यटन प्रवर्द्धन र थारु संस्कृतिको प्रचारप्रसार गर्ने लक्ष्यका साथ होमस्टे सञ्चालन गरेका हौँ”, उनले भने।
सुरुमा पर्यटकको आगमन न्यून रहको भन्दै पछिल्लो एक वर्षयता दैनिक सयौँको सङ्ख्यामा पर्यटक आउने गरेका चौधरीले जानकारी दिए । अहिले पर्यटकको प्रभावकारी व्यवस्थापन गर्न निकै चुनौती बन्न थालेको उनको भनाइ छ ।
अध्यक्ष चौधरीका अनुसार नेपालको पश्चिम महाकालीदेखि तराई तथा काठमाडौं र पूर्वी नेपालका साथै भारतको बिहार दार्जिलिङ, सिलीगुढी, कालिम्पोङसम्मका पर्यटक होमस्टेमा बस्नका लागि आउने गरेको समितिका सदस्य नन्दु चौधरीले बताए ।
समितिका लेखा प्रमुख प्रभा चौधरीका अनुसार अहिले होमस्टेमा एकसाता अगाडिदेखि सबै कोठा बुकिङ हुन थालेका छन् । बाहिरबाट आउनेले एकसाता पहिला नै सूचनामार्फत कोठा लिने गरिरहेका उनको भनाइ छ । होमस्टेमा दैनिक न्यूनतम रु ५० हजारभन्दा बढीको आर्थिक कारोबार हुने गरेको उहाँले जानकारी दिए ।
थारु संस्कृतिमा आधारित खानाको परिकार, पहिरन र आगन्तुकलाई गरिने स्वागतसहितको व्यवहारले पर्यटक आकर्षित हुँदै गएका स्थानीय दुर्गानन्द चौधरीले बताए ।
होमस्टे सञ्चालन गरेको छोटो समयमा यहाँ पर्यटनको आगमन बढेको भन्दै यसले रोजगारी सिर्जना हुनुका साथै आर्थिकस्तर वृद्धि गरेको त्रियुगा नगरपालिकाका मेयर वसन्त बस्नेतले बताए । यहाँ सञ्चालित होमस्टेका कारण आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा टेवा पुग्न थालेको उनको भनाइ छ ।
पाहुनालाई एक किलोमिटर परबाट नै थारु परम्पराको बयलगाडामार्फत यात्रा गराएर होमस्टेमा प्रवेश गराउने भएकाले पर्यटकलाई सुरुआतदेखि नै मनोरञ्जन प्राप्त हुने उदयपुरका पर्यटन व्यवसायी जीतु रैलाले बताए । यहाँ सञ्चालित होमस्टेले पर्यटन प्रवर्द्धनमा र विकास टेवा पु¥याएको भन्दै पर्यटन बोर्डले हालै पुरस्कृतसमेत गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीको उदाउँदो पर्यटकीय गन्तव्य टोड्के–धौलागिरी पदमार्ग
पुष ६, २०८१ शनिबार
कर्णाली नदी क्षेत्रमा आइपुगे आगन्तुक लक्ष्मण सारस
पुष ६, २०८१ शनिबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
आइतबार तोला ११ सयले बढ्यो सुनको मूल्य
पुष ७, २०८१ आइतबार
लिगमा ८ टिम सहभागी थिए, २२ दिनमा ३२ खेल भए
पुष ७, २०८१ आइतबार
पाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
पुष ७, २०८१ आइतबार
एमालेले बोलायो सचिवालय बैठक
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार