यस्तो बन्यो फिल्म ‘बोक्सीको घर’को ट्रेलर
नेपालबहस संवाददाता
चैत २५, २०८० आइतबार १७:२३:४८
२५ चैत, काठमाडाैं । फिल्म ‘बोक्सीको घर’को ट्रेलर सार्वजनिक भएको छ । केकी अधिकारीको शीर्ष भूमिका रहेको फिल्ममा अन्धविश्वास र पितृसत्तात्मक सोचले जकडिएको एक नेपाली गाउँको कथावस्तु समावेश गरिएको छ ।
आइतबार राजधानीमा सार्वजनिक गरिएको फिल्मको ट्रेलरमा बोक्सीको नाममा महिलामाथि हुने हिंसा, आधारभूत मानवअधिकार, मानसिक स्वास्थ्यको प्रश्न फिल्मले उठाएको छ । २ मिनेट ३० सेकेण्ड लामो ट्रेलरमा कथावस्तु, सेटिङ र चरित्र चित्रणबारे प्रकाश पारिएको छ ।
वास्तविक घटनाक्रमलाई आधार बनाएर सुलक्षण भारतीले निर्देशन गरेको फिल्ममा कथित बोक्सीको भूमिकाका लागि केकीले जीवन्त अभिनय गरेकी छन् । केकीको होमप्रोडक्सन केकी अधिकारी फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्मलाई बद्री अधिकारीले निर्माण गरेका हुन् ।
फिल्ममा सुपला सापकोटा, सुलक्षण, रमा थपलिया, सुष्मा निरौला, जीवन बराल, सविन बाँस्तोलाको पनि अभिनय छ । यो फिल्म बैशाख १४ गते प्रदर्शन तयारीमा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचलचित्र विकास बोर्डले दश चलचित्र ‘डिजिटाइजेसन’ गर्ने
मंसिर २८, २०८१ शुक्रबार
देशभर सञ्चालित चलचित्र भवनको सूची सार्वजनिक
मंसिर १९, २०८१ बुधबार
पुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
आँबुखैरेनीमा चितुवा नियन्त्रण गर्न पासो थापियो
मंसिर २९, २०८१ शनिबार
आठ वर्षमा पनि बनेन् बेनी अस्पतालको भवन
मंसिर २९, २०८१ शनिबार
पत्रकार महासंघ पर्सा शाखाको अध्यक्षमा खनाल
मंसिर २९, २०८१ शनिबार
एनपिएलमा आज पोखरा र काठमाडौं तथा चितवन र जनकपुर खेल्दै
मंसिर २९, २०८१ शनिबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
मंसिर २९, २०८१ शनिबार