छैटौं ब्युटिसियन ट्यालेन्ट नेपालको पहिलो अडिसनबाट १३ जना छानिए
नेपालबहस संवाददाता
चैत २६, २०८० सोमबार १२:२४:३०
२६ चैत, काठमाडाैं । बिगत ६ वर्षदेखि आयोजना हुँदै आएको ‘ब्युटिसियन ट्यालेन्ट नेपाल’को छैटौं सिजनको पहिलो अडिसन सम्पन्न भएको छ । रोज ब्युटी एकेडेमी रविभवनमा शुक्रबार सम्पन्न पहिलो अडिसनबाट १३ जना प्रतियोगीहरु चयन भएका छन् ।
व्युटिसियनहरुको व्यक्तित्व विकाश र प्रतिभा प्रस्तुतिको लागि यो प्रतियोगिता आयोजना हुँदै आएको हो । बिगत झैं यसपटक पनि यो प्रतियोगिताको आयोजना रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसन प्रा।लि।ले सँयुक्त रुपमा गर्न लागेको छ ।
रोज ब्युटी एकेडेमीकी अध्यक्ष तथा अग्रज ब्युटिसियन सोनी कारँजितको अध्यक्षतामा भएको अडिसनबाट यो प्रतियोगिताको लागि चयन भएका प्रतियोगीहरुमा सृजना श्रेष्ठ, निशा थापा, रितु राना ९रिता०, रजनी राई, शर्मिला बुढाथोकी, आरती राई, सनम खड्गी, मञ्जु खत्री, अम्बिका तुलाधर, अस्मिता अधिकारी, सम्झना सुवेदी थापा, रिता भट्टराई र मैना श्रेष्ठरहेका छन् ।छैटौं सिजनको यस अडिसनको निर्णायकहरुमा अफिसियल कोरियोग्राफर जयन सुब्बा मानन्धर, लायनद्धय नकुल गिरी, सुरेन्द्र गिरी, रोज ब्युटी एकेडेमीकी म्यानेजिङ डिरेक्टर परिषी कारँजित, ब्युटिसियन ट्यालेन्ट नेपालकी पहिलो बिजेता सरिता भारती, ब्युटिसियन सकुन्तला अवाले, हालकी ब्युटिसियन ट्यालेन्ट नेपाल मनिषा श्रेष्ठ र सेकेन्ड रनरअप श्वेता श्रेष्ठ मगर रहेका थिए ।
यो प्रतियोगिताको ग्रान्ड फिनाले आगामी २६ बैशाखमा नाचघरको मेघा हलमा आयोजना हुँदैछ । यो प्रतियोगितामा सहभागी हुने प्रतियोगिहरुका अर्को अडिसन आगामी ५ बैशाखमा राखिएको पनि आयोजक सोनी कारँजितले कार्यक्रममा जानकारी गराईन् । यसले नेपालमा व्युटिसियनहरुको व्यक्तित्व विकाशमा ठुलो मद्धत पुर्याएको उनले कार्यक्रममा बताईन् ।
यो प्रतियोगिताले व्युटिसियनहरुलाई आफ्नो पार्लरबाट बाहिर आएर आफ्नो पेशामा नेतृत्व गर्ने क्षमता बढाउनुका साथै सेलिब्रेटी व्युटिसियनको रुपमा उनीहरुलाई स्थापित गर्दै आएको यसका अर्का आयोजक डब्बु क्षत्रीले बताएका छन् । उनका अनुसार ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४ को उपाधि बिजेताले यसपटक काठमाडौं बैंकक काठमाडौंको दुईतर्फी हवाई टिकट र विभिन्न उपहार प्राप्त गर्नेछन् । यदि हवाई टिकट नलिएको खण्डमा ५० हजार रुपैयाँ र क्राउन प्राप्त गर्नेछन् । फस्ट रनर अप, सेसेन्ड रनरअप लगायतलाई पनि विभिन्न पुरस्कारहरु रहेको छ । बिजेताहरुले म्युजिक भिडियो, टेलिफिल्म तथा सर्ट फिल्ममा मेकअप गर्ने अबसर, मोडलिङ गर्ने अबसर पनि प्राप्त गर्नेछन् ।
यो प्रतियोगितामा सहभागी हुनेहरुले गाउन र टिसर्ट त पाउँछन नै । उनीहरुले ब्युटिसियन सम्बन्धि दुई साताको विशेष प्रशिक्षण पनि पाउने छन् । सो प्रशिक्षणमा प्रतियोगीहरुलाई सेल्फ मेकअप, ल्यासेस एक्स्टेन्सन, ब्राईडल मेकअप, रशियन जुरो, विभिन्न जुरो, हाईडा फेसियल, हेयर केयर, स्किन केयर, कस्मेटिक केमिकल, वाटर मार्वल नेलआर्ट, पर्मानेन्ट ल्यासेस लिफ्टिङ, बि।बि। ग्लो फेसियल जस्ता विषयमा प्रशिक्षण समेत दिईने भएको छ । यस्तै दुई साताको पर्सनालिटी डेभलपमेन्ट, बतृत्वकला, क्याटवाट जस्ता ग्रुमिङ प्रशिक्षणसमेत उनीहरुलाई गराईने भएको छ । यस्तै उनीहरुको विशेष फोटो शेसन र भिडियो सेसन पनि हुने आयोजक पक्षले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनैकापमा ‘ग्लोरियस ब्युटी पार्लर’ आधुनिक सेवा सहित सञ्चालन
बैशाख १२, २०८१ बुधबार
पहिलो पटक मिस युनिभर्समा भाग लिँदै साउदी अरब
चैत १५, २०८० बिहिबार
सौन्दर्य प्रतियोगिता मिसेस नेपाल क्यानडा भव्यरुपमा सम्पन्न
माघ १८, २०८० बिहिबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
बैशाख १९, २०८१ बुधबार
नबिल बैंक वीरगञ्ज शाखाबाट रकम चोरी गरेको आरोपमा चार जना पक्राउ
बैशाख १८, २०८१ मंगलबार
सशस्त्र प्रहरी बलका १६ डीआईजी र १८ एसएसपीको सरुवा, मधेश प्रदेशमा धौबजी र कोशीमा सुवेदी
बैशाख १९, २०८१ बुधबार
दक्षिणी चीनमा राजमार्ग भासिँदा २४ जनाको मृत्यु
बैशाख १९, २०८१ बुधबार
भारतका नियन्त्रक तथा महालेखापरीक्षक मुर्मद्वारा चन्द्रागिरि नगरपालिका अवलोकन
बैशाख १९, २०८१ बुधबार
वन डढेलो विकराल बन्दै, देशभर एक सय ६५ ठाउँमा डढेलो
बैशाख १९, २०८१ बुधबार
भक्तपुरमा इनार खन्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु
बैशाख १९, २०८१ बुधबार
टुँडिखेलमा सुरु भयो सीप मेला
बैशाख १९, २०८१ बुधबार
टी-२० विश्वकप खेल्ने नेपाली टिमको घोषणा, को को परे ?
बैशाख १९, २०८१ बुधबार