चालु आवमा प्रहरीमा पर्यटकसँग सम्बन्धित तीन सय ७० उजुरी
नेपालबहस संवाददाता
चैत २६, २०८० सोमबार १४:३६:७
२६ चैत, काठमाडौं । नेपाल प्रहरीमा चालु आर्थिक वर्षको साउनदेखि हालसम्म पर्यटकसँग सम्बन्धित तीन सय ७० वटा उजुरीहरु परेका छन् । तीमध्ये सामग्री हराएका दुई सय ७३, चोरीका ४९, ठगी गरेका ११, लुटपाट पाँच, अभद्र व्यवहार १७, आक्रमणका दुई, दुर्घटनाका दुई, धाकधम्की एक, मानिस हराएको चार, दुर्व्यवहार एक तथा अपहरणका एक वटा रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
आर्थिक वर्ष २०७७-७८ मा ७९, आव २०७८-७९ मा एक सय ८० तथा आव २०७९-८० मा पाँच सय ३२ उजुरी परेका र यी आवको तथ्याङ्क विश्लेषण गर्दा कागजपत्र र सामग्री हराएको सङ्ख्या सबैभन्दा बढी देखिएका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।
पर्यटक प्रहरीले पर्यटकलाई पर्न आएका समस्या, दुःख, पिरमर्का, हैरानी तथा गुनासा समयमै समाधान गर्ने एवं पर्यटकको नेपाल बसाइँ सुरक्षित तथा भएरहित रहेको अनुभूति दिलाउन र पर्यटन विकासमा टेवा पु¥याउन पर्यटक प्रहरी सक्रिय रहेको पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डपका प्रमुख तथा प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरले बताए ।
“पर्यटकलाई आवश्यक सूचना प्रदान गर्ने, पर्यटकीय क्षेत्रमा नियमित गस्ती गर्ने, पर्यटकलाई आवश्यक सहयोग गर्ने र पर्यटन क्षेत्रमा अभद्र व्यवहार, अश्लील तथा अवाञ्छित क्रियाकलाप गर्नेलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सम्बन्धित कार्यालयमा पठाउने गरिएको छ”, उनले भने । उनले घटना, दुर्घटना, प्रकोप एवं पर्वतीय तथा साहसिक पर्यटनका क्रममा स्वास्थ्यलगायत अन्य कारणले अलपत्र परेका पर्यटकहरुको खोज तथा उद्धार गरी सम्बन्धित निकाय, दूताबास वा आफन्तसँग सम्पर्क गर्ने÷गराउने काम पर्यटक प्रहरीले गरिरहेको बताए ।
नेपाल आउँदा आइपर्ने यस्ता समस्या र गुनासो पर्यटक प्रहरीबाट तत्काल सुनुवाइ भई समाधान हुने गरेको उनको भनाइ छ । पर्यटकलाई समस्या भएमा हटलाइन नं ११४४ मा सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ ।
कामको सिलसिलामा आइपर्ने चुनौती सामना गर्न पर्यटकको भरपर्दो अभिलेखीकरण गरी तत्काल समस्याको सम्बोधन गर्नसक्ने संयन्त्रको विकास गर्नुपर्ने देखिएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक ढकालले बताए । उनले भने, “नेपालबारे अन्तर्राष्ट्रियस्तरमा सकारात्मक सन्देश जाने गरी काम गर्न पर्यटक प्रहरी सक्रिय छ ।
यसका लागि पर्यटक प्रहरीलाई आवश्यक तालिम दिने गरिएको तथा सम्पूर्ण पर्यटक प्रहरी कार्यालयको स्थापनाको औचित्य पुष्टि, पहिचान, स्तरोन्नति र व्यवस्थित गर्ने काम भइरहेको छ ।” पर्यटन सम्बद्ध सरोकारवालासँग समन्वय गरी नेपाल प्रहरीले उत्कृष्ट नतिजा दिने गरी काम गरिरहेको उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
पर्यटकीय गन्तव्य बन्दै दाङको धारापानी
मंसिर ४, २०८१ मंगलबार
मंसिर १५ गते ‘टुर दी बाँके नेसनल पार्क’ को आयोजना
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
कोलेस्ट्रोल नियन्त्रणमा राख्न चाहनुहुन्छ ? खाली पेटमा अदुवाको जुस पिउनुहोस्
मंसिर ७, २०८१ शुक्रबार
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
अस्ट्रेलियाविरुद्ध भारतको कमब्याक, बुमराहले लिए चार विकेट
मंसिर ७, २०८१ शुक्रबार