आइपिएलमा आज पञ्जाव र सनराइजर्सबीच खेल हुँदै
नेपालबहस संवाददाता
चैत २७, २०८० मंगलबार ९:४९:५४
२७ चैत, काठमाडौं । इण्डियन प्रिमियर लिग 'आइपिएल' अन्तर्गत आज पञ्जाव किंग्स र सनराइजर्स हैदरावादबीच खेल हुदै छ । मुल्लान्पुरमा हुने यो खेल नेपाली समय अनुसार राती ७ : ४५ बजेदेखि शुरु हुँदै छ ।
जारी आइपिएलमा पञ्जाव र सनराइजर्सले ४ ४ खेलमा २ २ जित र २ २ खेलमा हार बेहोरेका छन् । सनराइजर्स हैदरावाद अस्ट्रेलियाका कप्तान पाट कमिन्सको नेतृत्वमा आइपिएल खेल्दै छ । सनराइजर्स भारतीय भन्दा विदेशी चर्चित खेलाडीलाई लिएर यो सिजन खेल्दै छ ।
सनराइजर्स उमरान मलिक, राहुल त्रिपाठी, वाशिंटन सुन्दर, भुवनेश्वर कुमार र अभिषेक शर्मा जस्ता भारतीय खेलाडीमाथि बढी भर पर्नुपर्ने देखिन्छ भने कप्तान कमिन्स, वानिन्दु हसरंगा, ट्राभिस हेड, ग्लेन फिलिप, हेइनरिक क्लासेन जस्ता खेलाडी महत्वपूर्ण हुने देखिन्छन् ।
त्यस्तै पञ्जाव किंग्सको कप्तानी शिखर धवनले गरिरहेका छन् । पछिल्लो बर्षमा शिखर सक्रिय क्रिकेटबाट बाहिर रहेका छन् । उनी राष्ट्रिय टिमबाट बाहिर छन् भने घरेलु क्रिकेट समेत खेलेका छैनन् । ३८ बर्षिय धवन पछिल्लो आइपिएलदेखि कुनै क्रिकेट नखेलेकाले उनका लागि यो आइपिएल महत्वपूर्ण हुनसक्ने देखिन्छ ।
आइपिएलको प्रदर्शनले उनले राष्ट्रिय टिममा पुनरागमनको प्रयास गर्ने छन् । त्यस्तै पञ्जावका भारतका जितेश शर्मा, प्रभसिमरन सिंह, अर्शदीप सिंह, हर्षल पटेल जस्ता खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ भने जोनी बैरस्ट्रव, कागीसो रावडा, लियम लिभिङस्टोन, साम कुरान जस्ता खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ ।
आइपिएलमा पञ्जाव किंग्स २०१४ मा उपविजेता बनेको थियो । यो नै उसको अहिलेसम्मको उत्कृष्ट प्रदर्शन हो । गत सिजनमा पञ्जाव आठौ भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसीसी यु-१९ एसिया कप खेल्ने नेपाली टोलीको बिदाइ
मंसिर ११, २०८१ मंगलबार
मेगा लिलामीको पहिलो दिन ७२ खेलाडी बिके, ऋषभ पन्त बने इतिहासकै महँगो खेलाडी
मंसिर १०, २०८१ सोमबार
एसिया कप क्रिकेट खेल्न १५ सदस्यीय टोली घोषणा
मंसिर ९, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
निर्वाह भत्ता दिने निर्णय नसच्याए काम छाडेर सडकमा उत्रने आवासीय चिकित्सकहरुको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
इजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
चार महिनामा १ अर्ब ४३ करोड बराबरको सुन भित्रियो, मूल्य घटेपछि बजारमा बढ्यो चहलपहल
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
महिला किसान समूहलाई बाख्रा वितरण
मंसिर ११, २०८१ मंगलबार