राष्ट्रिय सभाको उपाध्यक्षका लागि एमालेकी घिमिरे र कांग्रेसकी पुडासैनीले दिए उम्मेदवारी
नेपालबहस संवाददाता
चैत २७, २०८० मंगलबार १२:३३:०
२७ चैत, काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्ष पदका लागि नेकपा एमालेकी विमला घिमिरे र नेपाली कांग्रेसकी विष्णु देवी पुडासैनीले उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् । गठबन्धनका तर्फबाट घिमिरे र विपक्षी कांग्रेसबाट पुडासैनीले उम्मेदवारी दिएका हुन् ।
संघीय संसद् सचिवालयले उनीहरुको मनोनयन पत्र दर्ता गरेको छ । घिमिरेको प्रस्तावकमा राष्ट्रिय सभामा एमाले प्रमुख सचेतक रहेकी भगवती न्यौपाने छिन् । समर्थकमा नेकपा माओवादीका गोपी बहादुर सार्की अछामी रहेका छन् । उनी ०७६ माघ ९ गते राष्ट्रिय सभा सदस्य बनेकी हुन् ।
कांग्रेसकी विष्णुदेवी पुडासैनीको प्रस्तावकमा दुर्गा गुरुङ र समर्थकमा नारायणदत्त भट्ट छन् । पुडासैनी गत माघमा राष्ट्रिय सभामा निर्वाचित भएकी थिइन् । महिला क्लस्टरका सात जनामध्ये वाग्मती प्रदेशबाट पुडासैनी निर्वाचित भएकी हुन् । पुडासैनी ७३ वर्षीया सांसद हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
झापा कपको उपाधि चर्च ब्वाइजलाई
पुष ८, २०८१ सोमबार
रोजगारी प्रवर्द्धनका लागि बन्दीपुरमा श्रम बैंक
पुष ८, २०८१ सोमबार
रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
पुष ८, २०८१ सोमबार
धरानमा सङ्गीत जात्रा महोत्सव सुरु
पुष ८, २०८१ सोमबार