बालुवाटारमा नेताबीच सहमति नभएपछि सभामुखले बोलाए प्रमुख सचेतक
नेपालबहस संवाददाता
चैत २७, २०८० मंगलबार १२:५९:३५
२७ चैत, काठमाडौं । बालुवाटारको छलफलमा सहमति नभएपछि सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतकसँग छलफल थालेका छन् । प्रतिनिधि सभामा उत्पन्न गतिरोध अन्त्य गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सहमति नजुटेपछि सभामुख घिमिरेले थप संवाद गर्न प्रमुख सचेतकलाई बोलाएका हुन् ।
मंगलबार बिहान सभामुख देवराज घिमिरे, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली, गृहमन्त्री रवि लामिछाने, कांग्रेस सांसद कृष्ण सिटौला, गगन थापा लगायतका नेताहरूबीच बालुवाटारमा छलफल भएको थिए । तर, गतिरोध अन्त्य गर्ने विषयमा सहमति जुटेन । बालुवाटारमा सहमति नजुटेपछि सभामुखले दलका प्रमुख सचेतकसँग छलफल थालेको सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिएका छन् ।
नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न रहेको विषयमा संसदीय छानबिनको माग राखेर आज संसद बैठक अवरुद्ध गर्ने अडान जारी राखेपछि कुनै निष्कर्ष निस्किन नसकेको बताइएको छ । अर्को तर्फ कांग्रेसको अडानका बीच सरकारका तर्फबाट गृहमन्त्री लामिछानेले संसदमा आज विधेयक पेश गर्ने तयारी गरेपछि संसदमा आज झडप हुने समेत अनुमान गरिएको छ ।
यही छलफलका कारण ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक अहिलेसम्म शुरु हुन सकेको छैन । कांग्रेसले आजै संसदीय दलको बैठक बसेर सहकारी प्रकरणमा आफ्नो अडान कायम राख्ने र यस प्रकरणबाट पछि नहट्ने निर्णय गरेको थियो । सचेतकसँगको छलफलपछि पनि सहमति नभए सभामुखले संसद बैठक स्थगित गर्ने सम्भावना देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बदलिँदै दुर्गमको परिचय
मंसिर ११, २०८१ मंगलबार
सुन तोलामा २६ सयले घटेर १ लाख ४९ हजार नजिक
मंसिर ११, २०८१ मंगलबार
चिसो बढेसँगै कालीगण्डकीमा जलयात्रा बन्द
मंसिर ११, २०८१ मंगलबार
व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी
मंसिर ११, २०८१ मंगलबार
मुग्लिन–पोखरा सडकः पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो
मंसिर ११, २०८१ मंगलबार
क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीले सहयोग गर्ने
मंसिर ११, २०८१ मंगलबार