राप्रपाले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा
नेपालबहस संवाददाता
चैत २७, २०८० मंगलबार १४:५४:१२
२७ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ । राप्रपाले गृहमन्त्री लामिछानेको राजीनामालाई मुल मुद्दा बनाएर थप संघर्ष गर्ने चेतावनी दिएको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले अब आफूहरूको आन्दोलन गृहमन्त्रीको राजीनामा मागमा केन्द्रित हुने बताएका छन् ।
अध्यक्ष लिङदेनले राप्रपाका वरिष्ठ नेता बुद्धिमान तामाङलाई प्रहरीले आक्रमण गरेर घाइते भएको बताउँदै अब आफुहरुले गृहमन्त्रीको राजीनामा माग्ने बताएका हुन् । मंगलबारको राप्रपाको प्रदर्शनमा झडप भएको छ । झडपका क्रममा प्रहरीले पानीको फोहोरा हान्नुका साथै लाठी चार्ज गरेको छ । प्रदर्शनकारीले ढुंगा हानेका थिए ।
४० बुँदे माग राखेर आन्दोलनमा उत्रिएको राप्रपाको जुलुस भृकुटीमण्डपबाट सुरु भएको थियो । जुलुस निषेधित क्षेत्रतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले रोक्दा तनाव बढेको थियो । त्यसक्रममा प्रहरीले सुरुमा पानीको फोहोरा हानेको थियो । तर, प्रदर्शनकारी नरोकिएपछि लाठी चार्ज गरेको छ ।
राप्रपाले गणतन्त्र खारेज गर्नुपर्ने, राजासहितको शासन व्यवस्था हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरी नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने लगायतका माग राप्रपाका छन् । प्रदर्शनको नेतृत्व पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन आफैंले गरेका छन् । निषेधित क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको अवस्थामा प्रहरीले आफ्ना नेता र कार्यकर्ता गृहमन्त्रीको निर्देशनमा कुटिएको भन्दै लिङदेनले आफुहरुको शान्तिपूर्ण प्रदर्शनमा गृहमन्त्रीले प्रहरीलाई दमन गर्न लगाएको बताए ।
प्रदर्शनका क्रममा निषेधाज्ञा तोड्न नदिने तथा शान्तिसुरक्षा कायम राख्नका लागि काठमाडौँ उपत्यकामा चार हजारभन्दा बढी प्रहरी परिचालन गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
भीम रावल एमालेबाट निष्कासित, विन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई ६ महिना निलम्बन
पुष १०, २०८१ बुधबार
चन्द्रागिरिका मेयर गिरीसँग जापानी कार्यवाहक राजदूत ताकाहिरोको भेटवार्ता
पुष १०, २०८१ बुधबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
लगानीमैत्री कानुन निर्माण गर्न मुख्यमन्त्री कँडेलको आग्रह
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने
पुष १०, २०८१ बुधबार
अवैध उत्खननमा प्रयोग गरिएका डोजर र टिप्पर नियन्त्रणमा
पुष १०, २०८१ बुधबार
भव्यताका साथ मनाइयो ‘क्रिसमस डे’
पुष १०, २०८१ बुधबार
‘आवश्यकताका आधारमा योजना छनोट गर्नुपर्ने’
पुष १०, २०८१ बुधबार