गण्डकी कृषि विकास निर्देशनालयमा भ्रष्टाचार, निमित्त प्रमुख पोखरेलसहित ८ जनाविरुद्ध मुद्दा दायर
नेपालबहस संवाददाता
चैत २७, २०८० मंगलबार १५:३३:३९
२७ चैत, काठमाडौं । कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका तत्कालीन निमित्त कार्यालय प्रमुख निलकण्ठ पोखरेलसहित ८ जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको छ । मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिव्यक्ति २८ लाख ३७ हजार २१७ रुपैयाँ बराबरको बिगो दाबी गर्दै विशेष अदालतमा भ्रष्टाचारको अभियोगमा मुद्दा दर्ता गरेको छ ।
आयोगले निर्देशनालयका तत्कालीन कृषि अर्थ विज्ञ (शाखा प्रमुख) भानुभक्त भट्टराई, कृषि इन्जिनियर विश्वनाथ पौडेल, स्याङजाको गल्याङ नगरपालिका ३ पकवादी सहकारी संस्थाका अध्यक्ष हरिलाल खनाल, उपाध्यक्ष हेमा न्यौपाने, सचिव परशुराम खनाल र कोषाध्यक्ष उमा श्रेष्ठ र स्थानीय श्री प्रसाद श्रेष्ठ विरुद्ध अदालतमा मुद्दा दायर गरेको हो ।
आयोगका सहसचिव एवं प्रवक्ता नरहरि घिमिरेका अनुसार एउटा जग्गाधनी प्रमाणपुर्जा देखाएर पछि अर्को ठाउँमा भवन बनाएको, मापदण्ड मिचेको लगायतका अनियमितता गरेको पनि पाइएको छ । स्याङजाको गल्याङ नगरपालिकामा रहेको पकवादी कृषि सहकारी संस्थाले भवन निर्माण गर्न भनी कृषि निर्देशनालय, गण्डकी प्रदेश पोखराबाट अनुदान प्राप्त गरी भवन निर्माणको लागि विनियोजित बजेट हिनामिना गरेको अनुसन्धानबाट खुलेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएकीकृत समाजवादीले देशभर जागरण अभियान सञ्चालन गर्ने
पुष १६, २०८१ मंगलबार
फास्ट ट्र्याक निर्माणमा वैकल्पिक व्यवस्थामार्फत बिजुली दिइने
पुष १६, २०८१ मंगलबार
पेट्रोल र डिजेलको मूल्य बढ्यो
पुष १६, २०८१ मंगलबार
‘कानुन निर्माणले मात्रै बालविवाह अन्त्य नहुने’
पुष १६, २०८१ मंगलबार