उपनिर्वाचनको आचारसंहिता लागु, तीन दिन विद्यालय बन्द गर्न निर्देशन
नेपालबहस संवाददाता
चैत २७, २०८० मंगलबार १७:४:१८
२७ चैत, काठमाडौं । उपनिर्वाचनका लागि बुधबार (भोलि) बाट आचारसंहिता लागु हुने भएको छ । निर्वाचन आयोगले इलाम र बझाङमा आचारसंहिता लागु हुने जानकारी दिएको छ । प्रतिनिधिसभा अन्तर्गत इलाम क्षेत्र नम्बर २ र प्रदेशसभा अन्तर्गत बझाङ–१ को ‘क’ मा वैशाख १५ गते उपनिर्वाचन हुँदै छ ।
निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचार संहिता, २०७९ को दफा १ को उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी इलाम र बझाङ जिल्लाभर देहायमा उल्लेख भएका व्यक्ति, संस्था, निकाय तथा अधिकारीलाई संवत् २०८० साल चैत्र २८ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्म निर्वाचन आचार संहिता, २०७९ को व्यवस्था लागु गर्ने निर्णय भएको विज्ञप्तिमा भनिएको छ ।
यस्तै उपनिर्वाचन हुने इलाम २ र बझाङ १ मा केही दिन विद्यालय बन्द हुने भएको छ । निर्वाचन आयोगको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिले मतदान स्थल तथा केन्द्र विद्यालयलाई बनाउने निर्णय गरेको छ । यसका लागि १३ र १४ गते दुई दिन विद्यालयमा सार्वजनिक बिदा दिन सरकारलाई आग्रह गरेको छ ।
निर्वाचन हुने क्षेत्रमा मतदानको दिन पनि बिदा हुनेछ । त्यसैले इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेश सभा १ मा ३ दिन विद्यालय बन्द हुनेछ । यसैगरी इलाम–२ मा हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय इलामले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेको छ ।
कार्यालयले मनोनयन दर्ता गरेका २० जनामध्ये स्वतन्त्र उम्मेद्वार इलाम नगरपालिका–११ का केशवकुमार चापागाईले मनोनयन फिर्ता गरेपछि बाँकी रहेका १९ जनाको अन्तिम नामावली प्रकाशन गरेको जनाएको छ । उम्मेदवारविरूद्ध आइतबारसम्म उजुरी गर्ने समय रहे पनि कुनै पनि उजुरी नपरेको निर्वाचन कार्यालय इलाममले जनाएको छ । सोमबार कार्यालयले मनोनयन जाँचबुझ गर्दै सबै मनोनयनकर्ताको नामावली प्रकाशन गरेको थियो ।
मनोनयन दर्ता गराएका नेपाली कांग्रेसका डम्बरबहादुर खड्का, एमालेका सुहाङ नेम्वाङ, रास्वपाका मिलन कुमार योङहाङ लिम्बु तथा पहिचान पक्षधरका साझा तथा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिं लिम्बु (थेगिम), नेकपा समाजवादीले माइजोगमाई गाउँपालिकाका पूर्वअध्यक्ष जितबहादुर राई र राप्रपाका युवा लक्ष्मी गुरुङको नाम कार्यालयले प्रकाशन गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज पाँचवटा संसदीय समितिको बैठक बस्दै
पुष ४, २०८१ बिहिबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
आज पाँचवटा संसदीय समितिको बैठक बस्दै
पुष ४, २०८१ बिहिबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष ४, २०८१ बिहिबार
सुन्तला किन्न व्यापारी बगैँचामा, किसान भन्छन् ‘बजार नपाउला भन्ने चिन्ता छैन ’
पुष ४, २०८१ बिहिबार
माडीमा एक हजार दुई सय बढी परिवार गरिबीको रेखामुनि
पुष ४, २०८१ बिहिबार
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
पुष ४, २०८१ बिहिबार
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार