आर्थिक समस्याले थलिएको नेपाल शेयर मार्केट्सको संयोजकमा अधिकारी चयन
नेपालबहस संवाददाता
चैत २८, २०८० बुधबार ११:१५:२
चैत २८, काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक समस्याले थलिएको नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेडको व्यवस्थापन समूहको संयोजकमा रोशनकुमार अधिकारीलाई छनोट गरेको छ । राष्ट्र बैंकले अन्तिम नतिजा सार्वजनिक गर्दै रोशनकुमार अधिकारी छनोट भएको जनाएको हो ।
वैकल्पिक उमेदवारका रुपमा प्रकाश घिमिरे र गोविन्दप्रसाद शर्मा छनोट भएका छन् । अधिकारी उपस्थित नभए मात्र उनीहरुमध्ये एकले मौका पाउनेछन् । बैंकले प्रकाशित गरेको सुचना अनुसार छनोटमा परेका मुख्य उम्मेदवारले नियुक्तिका लागि २०८१ वैशाख २ गतेभित्र राष्ट्र बैंकमा सम्पर्क राख्नु पर्ने हुन्छ । उक्त मितिभित्र सम्पर्कमा नआएमा योग्यताक्रम अनुसारका वैकल्पिक उम्मेदवारलाई नियुक्ति दिइने राष्ट्र बैंकले जनाएको छ ।
समस्याग्रत नेपाल शेयर मार्केट्स एन्ड फाइनान्सको संयोजक बन्न आवेदन दिएका पाँच उम्मेदवारमध्येबाट रोशन कुमार अधिकारी छनोट भएका हुन् । कम्पनीको व्यवस्थापन समूहको संयोजक पद पदपूर्ति गर्न नेपाल राष्ट्र बैंकले दरखास्त माग गरेको थियो । सोही बमोजिम दरखास्त दिएका मध्येबाट पाँच जनालाई छनोट गरि बैंकले व्यवसायिक कार्ययोजना पेश गर्न भनेको थियो । कार्ययोजना प्रस्तुतीकरणका लागि छनोट भएका मध्ये प्रकाश घिमिरे र गोविन्द प्रसाद शर्मा वैकल्पिक उम्मेदवारमा परेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजको लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ९, २०८१ आइतबार
अमेरिकी डलरदेखि क्यानेडियन डलरसम्मको भाउ घट्यो
मंसिर ८, २०८१ शनिबार
१३ पैसाले बढ्यो अमेरिकी डलर, युरो र पाउण्ड स्थीर
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार