मुस्ताङको कागबेनीमा प्रभु बैंकको नगद रहित भुक्तानी सेवा
नेपालबहस संवाददाता
चैत २८, २०८० बुधबार १२:३२:४८
२८ चैत, काठमाडौं । प्रभु बैंक लिमिटेडले मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ मा रहेको कागबेनी मन्दिर श्राद्घस्थल व्यवस्थापन समितिलाई नगदरहित भुक्तानी प्रणालीका लागि क्युआर स्ट्याण्ड उपलब्ध गराएको छ।
नगदरहित भुक्तानी प्रणालीमा विशेष जोड दिइरहेको प्रभु बैँकले कागबेनीमा भक्तजनहरुको सहजीकरणका तथा सुविधाका लागि “कागबेनी मन्दिर श्राद्घस्थल व्यबस्थापन समिति“लाई एक समारोहबीच क्यु आर स्ट्याण्ड उपलब्ध गराएको हो।
बहुचर्चित धार्मिकस्थल कागबेनीमा विशेषगरी वडादसैँ र चैतेदसैँ अघिको सोह्रश्राद्ध तथा औँसी तिथिमा दिवंगत आफन्तहरूको नाममा पिण्डदान र तर्पणका लागि वर्षेनी नेपाल र भारतबाट करीब ११ हजार जनाभन्दा बढी भक्तजनहरू आउने गरेका छन्।
हिमाल पारिको जिल्ला मुस्ताङको विभिन्न गाउँपालिकाहरुमा ७ वटा मात्र शाखा कार्यालय मार्फत सम्पूर्ण बैंकिङ सेवा उपलब्ध गराइरहेको प्रभु बैँक, मुस्ताङ जिल्लाको वित्तीय पहुँचका लागि सारथी बन्ने गरेको मुस्ताङबासीहरु बताउँछन्। मुस्ताङ जिल्लाको समुन्नत आर्थिक विकास तथा समृद्धिका लागि प्रभु बैंकले वित्तीय सेवा मात्र नभएर वित्तीय सचेतना तथा सामाजिक उत्तर दायित्व निर्वाहमा समेत विशेष ध्यान दिएको प्रभु बैँकको गण्डकी प्रदेश कार्यालयले जनाएको छ।
प्रभु बैंकका नेपालभर ३०१ शाखा कार्यालयहरू, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउण्टरमार्फत करिब ३१ लाख भन्दा बढी ग्राहकहरूलाई ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिटिजन्स बैंकका ग्राहकहरूलाई जी डेन्टलमा आकर्षक छुट
पुष ९, २०८१ मंगलबार
नबिल बैंकिङ सेवा अझ सरल, सुरु भयो निःशुल्क टोल-फ्री सुविधा
पुष ५, २०८१ शुक्रबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
सहकारी ठगी प्रकरणमा छबिको बयान सकियो, अन्य प्रतिवादीहरूको जारी
पुष ९, २०८१ मंगलबार
वार्षिक ४५ ट्रिलियन येनको पूर्वाधार निर्यात गर्ने जापानको लक्ष्य
पुष १०, २०८१ बुधबार
इरानमा ह्वाट्सएप, गुगल प्लेमाथिको प्रतिबन्ध हट्यो
पुष १०, २०८१ बुधबार
चन्द्रागिरिका मेयर गिरीसँग जापानी कार्यवाहक राजदूत ताकाहिरोको भेटवार्ता
पुष १०, २०८१ बुधबार
व्यवसायिक पशुपालनबाट वार्षिक १२ लाख आम्दानी
पुष १०, २०८१ बुधबार
कजाकिस्तानमा दुर्घटना भएको जहाजमा सवार ६७ यात्रु मध्ये २५ जनाको जीवितै उद्धार
पुष १०, २०८१ बुधबार
मंसिर महिनामा ८४ हजार बढीले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिए
पुष १०, २०८१ बुधबार