गर्मी बढेसँगै जिल्लाभरि आगलागीका घटना पनि बढ्दै
नेपालबहस संवाददाता
चैत २८, २०८० बुधबार १२:५१:४५
२८ चैत, बागलुङ । गर्मी बढेसँगै जिल्लाभरि आगलागीका घटना पनि बढ्दै गएका छन् । जिल्लाका १० वटै स्थानीय तहमा रहेका सामुदायिक र सरकारी वनमा आगलागीका घटना बढिरहेको प्रहरीले जनाएको छ ।
मङ्गलबार साँझ ५ः३० बजेको थियो । डिभिजन वन कार्यालय बागलुङका प्रमुख सरोज पन्थी बागलुङ नगरपालिका–३ र ९ को बीचमा पर्ने काठेखोला आसपासका वन क्षेत्रमा भइरहेको आगलागी नियन्त्रण गरिरहेको अवस्थामा भेटिए । प्रहरी र स्थानीय सर्वसाधारणसँगै वनका कर्मचारी आगो नियन्त्रणको प्रयास गरिरहेका थिए ।
काठेखोलाको किनारबाट सुरु भएको आगोले बागलुङ नगरपालिकाका दुवै वडाका बस्तीहरु ताकिरहेको देखिन्थ्यो । बस्ती जोगाउन सर्वसाधारण र सरोकारवालालाई हम्मेहम्मे परिरहेको थियो । मङ्गलबार एकै दिन जिल्लाका दर्जन बढी वनजङ्गल क्षेत्रमा आगलागी भएको थियो । केही ठाउँमा आगो नियन्त्रणमा आएको छभने केही जङ्गल क्षेत्रमा अझै आगो फैलिएको छ ।
बागलुङ–१० भकुण्डे, ताराखोला गाउँपालिका–१ र २, गलकोट नगरपालिका–९ का वनक्षेत्र र बागलुङ–१४ को कैयामुनिको भिर क्षेत्रलगायत वन तथा पाखाहरुमा आगलागी भएको डिभिजन वन अधिकृत पन्थीले जानकारी दिए । गर्मी सुरु भएसँगै जङ्गल क्षेत्रमा आगलागी सुरु भएको उहाँको भनाइ छ ।
आगलागीका कारण बस्तीहरु समेत जोखिममा परेका भन्दै बागलुङमा रहेका पाँच सय ४० सामुदायिक वनमध्ये अधिकांश वन क्षेत्रमा आगलागी भइसकेको पन्थीले जानकारी दिए । उनका अनुसार गर्मी याम सुरु भएलगत्तै बागलुङमा आगलागीका घटना बढिरहेका छन् ।
बढ्दो आगलागीका कारण बागलुङको वातावरण धुवाँमय बन्दा वायु प्रदूषण बढिरहेको छ । प्रायः दिनहुँजसो जिल्लाका विभिन्न स्थानमा रहेका व्यक्तिगत खरबारीमा समेत आगलागी भइरहेका छन् । अधिकांश घटनामा मानवीय लापरबाही बढी देखिएको डिभिजन वन कार्यालयले जनाएको छ ।
सोमबार मात्रै ताराखोला–२ सिलेस्थित नुनथला सामुदायिक वनमा आगलागी हुँदा स्थानीयका गोठ जलेका छन् । सिलेको गुरासेटोल बस्ने फुलकुमार दर्जीको दुईतले कच्ची घर र एतले कच्ची गोठ जलेको छ । सोही ठाउँकी ईश्वरा दर्जीको दुईतले कच्ची घर र एकतले कच्ची गोठ जलेको प्रहरीले जनाएको छ । ईश्वराको गोठमा रहेका एक बाख्रा र भैँसी मरेका छन् ।
साथै नरबहादुर दर्जीको दुईतले कच्ची घर र एकतले कच्ची गोठ जलेको छ । अमृतालाल दर्जीको एकतले कच्ची गोठ जली पूर्ण रुपमा नष्ट भएका छन्भने यामबहादुर दर्जीको एकतले कच्ची गोठ जलेको प्रहरी निरीक्षक दीपकबाबु केसीले जानकारी दिए । उनका अनुसार बढ्दै गएको आगलागीका कारण जङ्गल क्षेत्रका रहेका जडीबुटी पनि मासिँदै गएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविद्युत् सट भई आगलागी हुँदा १० लाख बढीको क्षति
पुष ४, २०८१ बिहिबार
प्लास्टिकजन्य फोहोर नजलाउन वन तथा वातावरण मन्त्रालयको आग्रह
पुष २, २०८१ मंगलबार
ग्यास चुहावट भई आगलागी हुँदा सात लाख बढीको क्षति
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
आजदेखि नाटक ‘हरि हजुरबा’ मञ्चन हुने
पुष ४, २०८१ बिहिबार
अजय देवगनको ‘दे दे प्यार देः२ ’को रिलिज मिति एक वर्ष पछाडि धकेलियो
पुष ४, २०८१ बिहिबार
महिला यु–१९ एसिया कप : वर्षाले नेपाल र श्रीलङ्काबीचको खेल अवरुद्ध
पुष ४, २०८१ बिहिबार
टस जितेर कर्णालीविरुद्ध बलिङ गर्दै जनकपुर
पुष ४, २०८१ बिहिबार