राप्रपा र नेकपा एसले पनि मागे सहकारी ठगी प्रकरणमा संसदीय छानबिन
नेपालबहस संवाददाता
चैत २८, २०८० बुधबार १३:४२:३१
२७ चैत, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले सहकारीबारे संसदीय छानबिन समिति गठन गर्नुपर्ने बताएको छ उसले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको मागलाई ध्यान दिन सरकारसँग माग गरेको छ । यही बेला राप्रपाले पनि सहरकारीबारे संसदीय छानबिन समिति गठनको माग गरेको हो ।
बुधबार प्रतिनिधि सभामा आकस्मिक समय लिएर एकीकृत समाजवादीका उपाध्यक्ष समेत रहेका सांसद राजेन्द्र पाण्डेले सरहकारी ठगीको विषयमा छानविन समिति आवश्यक हुने बताए । संसदभित्र केही दिनदेखि प्रमुख प्रतिपक्षले सहकारीको ठगी प्रकरणका सम्बन्धमा छानबिनको माग लिएर संसदको बैठक अवरोध गरिरहेको प्रति लक्षित गर्दै उनले समिति बनाउन ध्यान दिइनुपर्ने बताए ।
प्रमुख प्रतिपक्षको मागलाई ध्यान दिएर सार्थक बार्ता गरी संसदको यो गतिरोध अन्त्य गर्न म सभामुख मार्फत सरकारलाई ध्यानाकर्षण गारउन चाहन्छु, उनले भने । उनले सहकारी ठगीको समस्या समान्य नभएको बताए ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि सहरकारीबारे संसदीय छानबिन समिति गठनको माग गरेको छ । बुधबार प्रतनिधि सभामा आकस्मिक समय लिएर राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले संसदीय छानबिन समिति गठनको माग गरे । ‘सहकारीको समस्या समाधानको सम्बन्धमा छानबिन समिति बनाऔं, उनले भने ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीको रकम हिनामिनाबारे छानबिनको माग गत फागुन २४ गतेदेखि गर्दै आएको छ । सहकारीको रकम हिनामिनामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने आरोपित रहेको भनी कांग्रेसले प्रश्न उठाउँदै आएको छ । पछिल्लो समयसम्म पनि गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति गठनको अडानमा कांग्रेस कायम छ । राप्रपाले गृहमन्त्रीको राजीनामा पनि मागेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीन भ्रमणमा अघि सरोकारवालासँग छलफल गर्दै प्रधानमन्त्री ओली
मंसिर १०, २०८१ सोमबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
पल शाहको 'मायावी' फागुन १४ मा रिलिज हुने
मंसिर १०, २०८१ सोमबार
आइपीएल अक्सनको पहिलो दिन, ७२ खेलाडीका लागि ७४८.७२ करोड खर्च
मंसिर १०, २०८१ सोमबार
भारतीय ब्यापारी गौतम अडानीमाथी बंगलादेशले पनि छानबिन गर्ने
मंसिर १०, २०८१ सोमबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १०, २०८१ सोमबार
चीन भ्रमणमा अघि सरोकारवालासँग छलफल गर्दै प्रधानमन्त्री ओली
मंसिर १०, २०८१ सोमबार
नेपाल प्रहरीका ८ जना डिआईजीमा बढुवाका लागि सिफारिस
मंसिर १०, २०८१ सोमबार