न्यु इअर इभमा ठमेलको पोटाला लाउञ्च एण्ड क्लबको विशेष छुट साथमा ख्यातिप्राप्त कलाकारको लाइभ सांगीतिक कार्यक्रम
नेपालबहस संवाददाता
चैत २८, २०८० बुधबार १४:१०:५४
२८ चैत, काठमाडौं । नेपाली नयाँ वर्ष २०८१ को पूर्वसन्ध्यामा राजधानीको प्रमुख पर्यटकीय शहर ठमेलस्थित भगवतीस्थानमा रहेको पोताला लाउञ्च एण्ड क्लबले विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ । सोही दिन ठमेल पर्यटन विकास परिषदले सडक महोत्सव पनि गर्ने भएकोले पोताला लाउञ्जले नेपालका ख्याति प्राप्त कलाकारहरूको साथमा लाइभ सांगीतिक कार्यक्रम गरि आफ्ना ग्राहकलाई मनोरञ्जन प्रदान गर्ने तयारी गरेको हो ।
नयाँ वर्ष २०८१ को पूर्वसन्ध्यामा चैत ३० गते शुक्रबार साँझ ठमेलको भगवती स्थानमा रहेको चर्चित पोताला लाउञ्ज क्लबले चर्चित आधुनिक तथा रक्स गायक गायिका सपन श्रेष्ठ र टीका प्रसाईको जोडीले सांगीतिक मनोरञ्जन दिने भएका छन् । हाउस ब्याण्डको प्रस्तुतिमा उनीहरुले पोताला लाउञ्जमा आउने ग्राहकलाई विभिन्न गीतहरू मार्फत मनोरञ्जन प्रदान गर्नेछन् ।
ठमेल क्षेत्र कै सुरक्षित एवं पारिवारिक वातावरण रहेको सो लाउञ्जले ग्राहकलाई खानपानमा विशेष छुट प्रदान गर्ने जनाएको छ । ग्राहकलाई सुलभ मूल्यमा मिठो परिकारहरू पस्कने तथा आत्मीय आतिथ्यता प्रदान गर्दै आएको पोताला लाउञ्जले नयाँ वर्ष वैशाख १ गते अर्का चर्चित गायक हिमाल सागरको बेजोड प्रस्तुति पस्कने भएको छ । लाउञ्जले नयाँ वर्षको पहिलो साता भरी नै चर्चित कलाकारहरूलाई निमन्त्रणा गरि ग्राहकहरूलाई विशेष मनोरञ्जन र आतिथ्यता प्रदान गर्ने जनाएको छ ।
नयाँ वर्ष कहाँ मनाउने होला ? भनेर द्विविधामा हुनुहुन्छ भने तपाईँका लागि ठमेलको पाताला लाउञ्ज उपयुक्त रेष्टुरेण्ट हुनसक्छ । पारिवारिक वातावरणमा आफ्ना साथीभाई, इष्टमित्र एवं परिवारका साथ मिठो खाने र रमाउने ठाउँ यही हो है ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजन्मथलोमा गायक रामकृष्ण ढकाललाई ‘गायन सम्राट’ को उपाधि
माघ १८, २०८१ शुक्रबार
गीतकार शाहलाई ‘बिजुलीमाया वनः श्रेष्ठ’ पुरस्कार
माघ १६, २०८१ बुधबार
कालिम्पोङमा गायक दीपक बज्राचार्यको कन्सर्ट हुँदै
माघ १४, २०८१ सोमबार
संसदमा प्रहरी ऐनः निजामती प्रशासनको नियन्त्रणमा चेनअफ कमाण्ड ब्रेक हुने खतरा !
माघ १९, २०८१ शनिबार
सरुवा मापदण्ड कार्यान्वयनमा आईजीपी निरिह !
माघ १९, २०८१ शनिबार
स्वास्थ्य बिमाअन्तर्गत छरिएका कार्यक्रमलाई एकीकृत गर्नुपर्ने कार्यदलको सुझाव
माघ १९, २०८१ शनिबार
महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ जना घाइते
माघ १९, २०८१ शनिबार
निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्छ : अध्यक्ष नेपाल
माघ १९, २०८१ शनिबार
क्रिकेट प्रशिक्षक मोन्टी देशाईलाई क्यानले गर्यो बिदाई
माघ १९, २०८१ शनिबार
श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ धनगढीमा हुँदै
माघ १९, २०८१ शनिबार