राष्ट्रिय सभाको ५५ मत: घिमिरेलाई ३९, पुडासैनीलाई १६
नेपालबहस संवाददाता
चैत २८, २०८० बुधबार १५:६:३२
२८ चैत, काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमालेकी विमला घिमिरे निर्वाचित भएकी छन् । उनले कुल ५५ मतमा ३९ मत पाएर विजयी भएकी हुन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीलाई हराउँदै उनी राष्ट्रिय सभाको उपाध्यक्ष बनिन् ।
बैठकमा उपस्थित ५५ जना सदस्यहरु मध्ये घिमिरेको पक्षमा ३९ मत परेको थियो । पुडासैनीको पक्षमा १६ र विपक्षमा ३९ मत परेको थियो । यसअघि नेकपा माओवादी केन्द्रका राष्ट्रिय सभा उपाध्यक्ष बनेकी उर्मिला अर्यालले १५ चैतमा राजीनामा दिएपछि सो पद रिक्त थियो ।
सत्ता गठबन्धनमा राष्ट्रिय सभा अध्यक्ष माओवादी केन्द्रले लिने सहमति भए अनुसार नारायण दाहाल राष्ट्रिय सभा अध्यक्ष बनेका थिए । राष्ट्रिय सभा उपाध्यक्ष पद सत्ता गठबन्धनकै अर्को कुनै दललाई दिनुपर्ने भएपछि अर्यालले राजीनामा दिएर एमालेकी विमला घिमिरेलाई अघि सारिएको थियो ।
त्यसअघि भएको मत विभाजनमा नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएको थियो । राष्ट्रिय सभा उपाध्यक्षमा निर्वाचित हुन ३० सांसदको समर्थन आवश्यक हुन्छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
पुष ८, २०८१ सोमबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
क्रिसमसमा राक्सिराङ गाउँपालिकामा २ दिन सार्वजनिक बिदा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
झापा कपको उपाधि चर्च ब्वाइजलाई
पुष ८, २०८१ सोमबार
रोजगारी प्रवर्द्धनका लागि बन्दीपुरमा श्रम बैंक
पुष ८, २०८१ सोमबार
रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
पुष ८, २०८१ सोमबार