राष्ट्रिय सभामा कांग्रेसको प्रश्न, ‘मुख्यसचिव अर्याल र अख्तियार प्रमुख राईमाथि किन छानबिन नहुने’ ?
नेपालबहस संवाददाता
चैत २८, २०८० बुधबार १५:४३:३
२९ चैत, काठमाडौं । नेपाली कांग्रेसले विभिन्न भ्रष्टाचार प्रकरणमा नाम मुछिएर आएका सरकारका मुख्यसचिव बैकुण्ठ अर्याल र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्त प्रेमकुमार राईमाथि छानबिन गर्न किन नमिल्ने भन्दै प्रश्न उठाएको छ । अख्तियार प्रमुख राई र मुख्यसचिव अर्याल विभिन्न काण्डमा दोषी रहेको भन्दै प्रमाणसहितका विवरणहरू बाहिर आउँदा पनि कारवाहीको प्रसंग नै नउठाएको कांग्रेसको भनाइ छ ।
राष्ट्रिय सभाको बुधबारको बैठकमा नेपाली कांग्रेसका सांसद जीतजंग बस्नेतले भ्रष्टाचारमा अख्तियार प्रमुख प्रेमकुमार राई र मुख्यसचिव बैकुण्ठ अर्यालमाथि किन छानबिन नहुने भन्दै प्रश्न उठाएका हुन् । बस्नेतले कानुन सबैका लागि बराबर हुने कस्तो अभ्यास हुँदैछ भन्दै प्रश्न उठाए ।
देशमा धेरै भ्रष्टाचारका काण्डहरू सुनिन थालिएको छ । धेरै काण्डमा अख्तियार प्रमुख प्रेमकुमार राई र मुख्यसचिव बैकुण्ठ अर्यालको नाम सुनिन थालेको छ । त्यो भुटानी शरणार्थी प्रकरणमा किन नहोस्, वाइड बडीमा किन नहोस् टेरामक्स केसमा किन नहोस्, बस्नेतले भने, उहाँहरू छानबिनको दायरामा पर्ने कि नपर्ने, उहाँहरूमाथि छानबिन गर्नुपर्ने कि नपर्ने ? सभा समक्ष यो प्रश्न जवाफ चाहिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
भारतमा बालविवाहका घटनामा पाँच हजार भन्दा बढी पक्राउ
पुष ७, २०८१ आइतबार
नेपाली पार्कर खेलाडी सुनार गिनिज बुकमा नाम लेखाउन सफल
पुष ७, २०८१ आइतबार
जुम्लाको सापुल्ली गाउँ
पुष ७, २०८१ आइतबार
जोमसोम विमानस्थल प्रवेशद्वार
पुष ७, २०८१ आइतबार