आइपिएलमा आज मुम्बई र रोयल च्यालेन्जर्स बैंगलुरु खेल्दै
नेपालबहस संवाददाता
चैत २९, २०८० बिहिबार ८:४१:२३
२९ चैत, काठमाडौं । इण्डियन प्रिमियर लिग 'आइपिएल' अन्तर्गत आज मुम्बई इण्डियन्स र रोयल च्यालेन्जर्स बैंगलुरुबीच खेल हुँदैछ । मुम्बईको वान्खडे स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार ७ : ४५ बजेदेखि खेल शुरु हुने छ ।
जारी आइपिएलमा शुरुवाती तीन खेल हारेको मुम्बई इण्डियन्सले पछिल्लो खेलमा जित हासिल गरेर विजयी लयमा फर्किने प्रयास गरेको छ । मुम्बईले ४ खेलमा एक जित र ३ हार बेहोरेको छ । त्यस्तै रोयल च्यालेन्जर्स बैंगलुरुले अहिलेसम्म ५ खेलमा केवल एक खेल जितेको छ भने चार खेलमा हार बेहोरेको छ ।
मुम्बई इण्डियन्स यस सिजनमा हार्दिक पाण्डेयको कप्तानीमा खेलिरहेको छ र राम्रो शुरुवात गर्न सकेको छैन । मुम्बईका लागि कप्तान पाण्डेय, रोहित शर्मा, इशान किसन, जसप्रित बुमराह, तिलक बर्मा लगायतका भारतीय खेलाडीको भूमिका प्रमुख हुने देखिन्छ । त्यस्तै मुम्बईमा मोहमद नावी, टिम डेविड र डेवाल्ड ब्रेभिस जस्ता विदेशी खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ ।
त्यस्तै फाफ डु प्लेसिसको कप्तानीमा रहेको बैंगलुरुका लागि विराट कोहलीसहित मोहमद सिराज, अनुज रावत, दिनेश कार्तिक जस्ता भारतीय खेलाडी महत्वपूर्ण हुने छन् भने कप्तान फाफसहित ग्लेन म्याक्सवेल, क्यामरुन ग्रीन, अल्जारी जोसेपजस्ता विदेशी खेलाडी यस सिजनमा महत्वपूर्ण खेलाडी हुने छन् । त्यस्तै रोयल च्यालेन्जर्स बैंगलुरुले अहिलेसम्म आइपिएलको उपाधि जित्न सकेको छैन । गत सिजनमा बैंगलुरु छैटौं स्थानमा रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसीसी यु-१९ एसिया कप खेल्ने नेपाली टोलीको बिदाइ
मंसिर ११, २०८१ मंगलबार
मेगा लिलामीको पहिलो दिन ७२ खेलाडी बिके, ऋषभ पन्त बने इतिहासकै महँगो खेलाडी
मंसिर १०, २०८१ सोमबार
एसिया कप क्रिकेट खेल्न १५ सदस्यीय टोली घोषणा
मंसिर ९, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
निर्वाह भत्ता दिने निर्णय नसच्याए काम छाडेर सडकमा उत्रने आवासीय चिकित्सकहरुको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
इजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
चार महिनामा १ अर्ब ४३ करोड बराबरको सुन भित्रियो, मूल्य घटेपछि बजारमा बढ्यो चहलपहल
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
महिला किसान समूहलाई बाख्रा वितरण
मंसिर ११, २०८१ मंगलबार