मुस्लिम समुदायमा आज इद उल फित्रको हर्षाेल्लास
नेपालबहस संवाददाता
चैत २९, २०८० बिहिबार १०:३७:४३
२९ चैत, काठमाडौं । इस्लाम धर्मावलम्बीहरूको ठूलो पर्व इद उल फित्र (इद) मंगलबार हर्षाेल्लासका साथ देशभर धुमधामले मनाइएको छ । पवित्र महिना रमजानको एक महिनाको लामो कठोर व्रत (रोजा) पछि इदगाहहरुमा आज बिहान ‘इद उल फित्र’ इदको सामूहिक नवाज पढिएको हो ।
काठमाडौंको चर्चित जामे मस्जिदमा प्रार्थना सकेपछि एकापसमा अंकमाल गर्दै इदको शुभकामना आदानप्रदान भएको थियो । आत्मसंयम र शुद्धीका लागि नवौँ महिनामा एक महिनाभरि रोजा बसेर दशौँ महिनाको पहिलो दिन इद मनाउने चलन छ ।
यसैले देशभरका इस्लाम धर्मावलम्बीले आज इद–उल फित्र (इद) मनाउँदै छन् । बुधबार चन्द्रमा नदेखिएकाले आज इद मनाउने निर्णय भएको मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बताए । राष्ट्रिय जनगणना–२०७८ अनुसार देशमा मुस्लिम समुदाय कूल जनसंख्याको ५ दशमलव ९ प्रतिशत छ ।
यो तथ्यांक अपूर्ण भएको आरोप लगाउँदै उनले मुस्लिम समुदायको सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृति, शैक्षिकलगायत अवस्थाको अध्ययन अनुसन्धान गरेर वास्तविक विवरण सरकारसमक्ष पेस गर्ने आयोगको योजना रहेको बताए ।
इद इस्लामिक पात्रोअनुसार मनाइने सबैभन्दा ठुलो पर्वमध्ये एक हो । इद, महिना दिनसम्म व्रत र प्रार्थना गरिने रमजान महिनाको अन्त्यसम्म मनाइन्छ । इद उल (फित्रको अर्थ पनि व्रत समाप्त गर्ने पर्व भन्ने लाग्छ । हिजरी संवतको रमदान महिनाभर रोजा (व्रत) बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा इद मनाउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलिम्बू समुदायले चासोक तङनाम पर्व मनाउँदै
मंसिर ३०, २०८१ आइतबार
गढीमाई मेलामा भारतीय र नेपाली दर्शनार्थीको घुइँचो
मंसिर २४, २०८१ सोमबार
आजदेखि गढीमाई मेलामा पशु बलि शुरु , हेर्नुहोस् तस्विरमा मेलाको रौनक
मंसिर २३, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
रविसहित ५१ जना प्रतिवादी, फरारको सूचीमा ३७ जना
पुष १, २०८१ सोमबार
जिल्लाको आदेश सदर गर्दै उच्च अदालतले भन्यो, बेचन झालाई थुनामै राख्नु
पुष १, २०८१ सोमबार
रविसहित ५१ जना प्रतिवादी, फरारको सूचीमा ३७ जना
पुष १, २०८१ सोमबार
नर्वेद्वारा युक्रेनी नौसेनालाई २४ करोड डलर सहयोग
पुष १, २०८१ सोमबार
जर्जिया स्की रिसोर्टमा कार्बन मोनोअक्साइड विषाक्तताबाट १२ जनाको मृत्यु
पुष १, २०८१ सोमबार
हुलाक सेवा संवेदनशील र महत्वपूर्ण छः सञ्चारमन्त्री गुरुङ
पुष १, २०८१ सोमबार