गौश्वाराको सिद्धभूमे सामुदायिक वनमा चिया खेती
नेपालबहस संवाददाता
चैत २९, २०८० बिहिबार ११:५३:१
२९ चैत, गलेश्वर 'म्याग्दी' । म्याग्दीको बेनी नगरपालिका–२ गौश्वाराको सिद्धभूमे हरियाली सामुदायिक वनमा चियाखेती सफल भएको छ ।सामुदायिक वनको १० रोपनी क्षेत्रफलमध्ये चार रोपनीमा परीक्षणका रुपमा गरिएको चियाखेती सफल भएको सिद्धभूमे हरियाली सामुदायिक वन उपभोक्ता समितिका सदस्य खिमबहादुर मल्लठकुरीले जानकारी दिए ।
समुद्री सतहदेखि दुई हजार दुई सय मिटरको उचाइमा रहेको गौश्वारामा सात वर्षअघि गोल्डेन जातको चियाका पाँच हजार बिरुवा परीक्षणको रुपमा लगाइएको थियो । तिनै बिरुवा हुर्केर अहिले सो क्षेत्र चियाको वनमा रुपान्तरण भएको छ ।
“हामीले परीक्षणको रुपमा लगाएका बिरुवाले यस वर्षदेखि उत्पादन दिएका छन्”, उनले भने, “चिया खेती निकै राम्रो भएको छ । आगामी दिनमा बिरुवा थप्ने योजनामा छौँ ।” गौश्वारा गाउँ शीतोष्ण हावापानी भएको र पूर्वतर्फ फर्किएको जौविक विविधताले सम्पन्न नमूना गाउँ हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस वर्ष ५९ लाख ५५ हजार मेट्रिक टन धान उत्पादन हुने अनुमान
पुष १९, २०८१ शुक्रबार
एकै परिवारद्वारा एक वर्षमा ३४ लाखको अलैँची उत्पादन
पुष १८, २०८१ बिहिबार
तितेकरेलाको खेतीमा रोङका किसान आकर्षित
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
माओवादी केन्दीय समिति बैठक बस्दै, प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने
पुष २१, २०८१ आइतबार
एमाले केन्द्रीय समिति बैठक बस्दै, ओलीले ल्याउँदैछन् राजनीतिक प्रतिवेदन
पुष २१, २०८१ आइतबार
आजको मौसम कस्तो रहला ?
पुष २१, २०८१ आइतबार
बिपी राजमार्ग पुनर्निर्माणमा साढे ९ अर्ब लाग्ने, जापानको मुख ताक्दै सरकार
पुष २१, २०८१ आइतबार
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
पुष २१, २०८१ आइतबार