सीआईबीलाई देखाएर रवि प्रकरणमा बोलेका कुराबाट आफू उम्कने प्रयासमा प्रधानमन्त्री
मलाई प्रधानमन्त्रीबाट फाल्न नसकेपछि कांग्रेसले रविलाई सहकारीमा जोड्यो
नेपालबहस संवाददाता
चैत २९, २०८० बिहिबार १२:१३:४३
२९ चैत, विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बचाउका क्रममा आफूले बोलेका कुरामा सीआईबीलाई जोडेर उम्कने प्रयास गरेका छन् । सीआईबीले गलत रिपोर्ट दिएको भए आफू जिम्मेवार हुन नसक्ने र रिपोर्ट अनुसार आफूले संसदमा बोलेको भन्दै बिहीबार विराटनगरमा उनले रवि प्रकरणलाई कांग्रेसको आफूलाई प्रधानमन्त्रीबाट फाल्ने असफल प्रयासको उपज भएको बताएका छन् ।
प्रचण्डले सत्ता समीकरण परिवर्तन हुने बेलामा कांग्रेसले आफूलाई प्रधानमन्त्रीबाट फाल्ने प्रयास गरेको बताए । उनले रविलाई प्रधानमन्त्री बनाएर भएपनि मलाई प्रधानमन्त्री बन्न नदिने रणनीति लिएको कांग्रेस सफल नभएपछि सहकारीको विषयमा रविलाई जोडेर विरोध गर्न थालेको बताए ।
उनले सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न संसदीय छानबिन समिति आवश्यक नभएको पनि बताए । प्रचण्डले सीआईबीले नै रवि विरुद्ध प्रमाण नभएको भनेपछि आफूले संसदमा त्यही अनुसार बोलेको जानकारी दिए । उनले अनुसन्धान गर्ने निकाय सीआईबीले नै त्यसो भनेपछि थप अनुसन्धान गर्नुपर्ने नदेखिएको र सदनमा त्यही कुरा बोल्दा सहकारी ठगी गर्नेलाई बचाएको भन्ने आरोप लगाइएको बताए ।
उनले भने,‘आफूले प्रहरी प्रमुख, सीआईबी र सम्बन्धित जिल्लाका अधिकारीसँग यो केसको विषयमा बुझे तर, सबैले संलग्न छैन भनेपछि मैले अनुसन्धानकर्ताकै सुझाव अनुसार बोल्या हो पार्लियामेन्टमा ।’ कांग्रेसले रवि लामिछानेलाई प्रधानमन्त्री प्रस्ताव गरेर अहिलेको सत्ता समीकरण रोक्ने कोसिस गरेको तर सफल नभएपछि सहकारीको विषय उठाएको आरोप प्रचण्डको छ ।
प्रचण्डले प्रतिनिधिसभामा देखिएको गतिरोध अन्त्यका निम्ति राजनीतिक तहमा संवाद सुरु भएको र समस्या चाँडै समाधान हुने बताए । उनले सहकारीसँग सम्बन्धित समग्र विषयको अलग्गै अध्ययन गरेर समस्याको समाधान गर्न सकिने र यसमा दलबीच छलफल गरिने जानकारी दिए । अहिले रवि लामिछानेलाई नै केन्द्रमा राखेर समितिको माग गरिएको छ, त्यो मिल्ने कुरो हो जस्तो लाग्दैन ।’
प्रतिपक्ष दलले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्ने भन्दा पनि गठबन्धन फेरिएपछि यसलाई राजनीतिक मुद्दा बनाइएको उनको भनाइ छ । “पहिले हामीसँगै कांग्रेस सरकारमा थियो, त्यतिखेर यो मुद्दा सामान्य थियो । सरकारबाट निस्केपछि रवि जीलाई केन्द्रमा राखेर समितिको माग गरिएको छ, त्यसैले यो राजनीतिक पूर्वाग्रह जस्तो देखियो, उनले भने । यदि रवि विरुद्ध कुनै प्रमाण भेटिए अनुसन्धान हुने उनले बताए । ‘मैले अनुसन्धानकर्ताहरुकै सुझावअनुसार बोलेपछि मैले कसैलाई बचाउनुपर्ने कुनै कारण पनि छैन । भोलि कुनै प्रमाण देखिन्छ भने अनुसन्धान गर्न सरकार पछि पर्दैन, उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिआरआई परियोजनामा सरकारले ऋण होइन, अनुदान लिन्छः सञ्चारमन्त्री
मंसिर ११, २०८१ मंगलबार
सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
इजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
चार महिनामा १ अर्ब ४३ करोड बराबरको सुन भित्रियो, मूल्य घटेपछि बजारमा बढ्यो चहलपहल
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
महिला किसान समूहलाई बाख्रा वितरण
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाह युद्बबिराम रोक्न सकारात्मक, चाँडै सहमति हुन सक्ने
मंसिर ११, २०८१ मंगलबार