सुर्य ग्रहणका दिन एक अमेरिकन ज्योतिषले दिइन् श्रीमानको बली
नेपालबहस संवाददाता
चैत ३०, २०८० शुक्रबार १२:४८:४०
३० चैत, काठमाडौं । अमेरिकाको लस एन्जलसकी ज्योतिषी डेनियल जोन्सनले सूर्यग्रहण लागे पछि आफ्ना श्रीमानको छुरा प्रहार गरी हत्या गरेकी छन् । त्यसपछि उनले आफ्ना दुवै छोरीलाई चलिरहेको कारबाट बाहिर फालिन । यसपछि उनले आफ्नो कार रुखमा ठोक्काइन, जसका कारण महिलाको पनि मृत्यु भएको छ ।
लस एन्जलस टाइम्सका अनुसार ती महिला सूर्यग्रहणलाई लिएर चिन्तित थिइन्। उनी मानिसबाट नकारात्मक ऊर्जा हटाएर आफ्नो राशिफलमार्फत आफ्नो भविष्य बताउँथिन् । भर्खरै उनले आफ्नो वेबसाइटमा पोस्ट गरेको थिइन कि, ‘यो सूर्यग्रहण आध्यात्मिक युद्धको चेतावनी हो, यस्तो अवस्थामा आफ्नो हृदय शुद्ध राख्नुहोस् र आफ्नो सुरक्षामा ध्यान दिनुहोस्।’ ड्यानियलले थप लेखेका थिइन, ‘संसार धेरै छिटो परिवर्तन हुँदैछ। यस्तो अवस्थामा हामीले कुन पक्षमा बस्ने भनेर रोज्ने समय आएको छ।’
यसपछि गत ८ अप्रिलमा ग्रहणको दिन बिहान ड्यानियलले आफ्ना श्रीमानको छातीमा छुरा हानेकी थिइन् । त्यसपछि राति उनले आफ्ना ९ वर्षीया र ८ महिनाकी छोरीलाई कारमा हालेर ४०५ नम्बरको फ्रिवेमा लगेर कारबाट बाहिर फालिन ।
यस अवधिमा ८ महिनाकी बालिकाको मृत्यु भएको छ भने ९ वर्षीया बालिका अस्पतालमा भर्ना छिन् । ड्यानियलले आफ्नो कार दुई केटीहरूलाई फ्याँकेको ठाउँबाट अलि टाढा एउटा रूखमा ठोक्किएको थियो । आधा घन्टापछि घटनास्थलमा पुगेको प्रहरीले ठक्कर अघि कार १६० किलोमिटर प्रतिघण्टाको गतिमा गुडिरहेको पत्ता लगाएको छ ।
रिपोर्टका अनुसार तीब्र गतिको कारसँग ठोक्किए पछि ड्यानियलको शरीर यति नराम्ररी टुक्रा टुक्रा भएको थियो कि उनको पहिचान गर्न समेत गाह्रो भएको थियो । जब पुलिस डेनियलको घर पुग्यो, त्यहाँ रगतले बनेको खुट्टाको छाप थियो। जहाँ प्रहरीले डेनियलका श्रीमानको शव फेला पारेको छ । धेरैले श्रीमानको हत्यालाइ बलि परम्परासँग जोडेका छन् ।
अमेरिकी समुदायमा ग्रहणको बारेमा धेरै विश्वास र अन्धविश्वासहरू कायमै रहेका छन् । ग्रहणहरू लामो समयदेखि संसारको अन्त्यको भविष्यवाणीहरूसँग सम्बन्धित छन्। यद्यपि, वैज्ञानिकले भनेका छन् कि यी दावीहरूको वास्तविकतामा कुनै आधार छैन। सोमबारको सूर्यग्रहण अमेरिकाबाहेक मेक्सिको र क्यानडामा पनि देखिएको थियो । यस अवधिमा दिनमा ४ मिनेट २८ सेकेण्डसम्म अँध्यारो थियो ।
ग्रहणको समयमा अमेरिकाको अर्कान्सासमा पनि ४०० जोडीले विवाह गरेका थिए भने आज पनि अमेरिकाको चक्तो समुदायमा ग्रहणको समयमा ठूलो र कालो गिलहरीले सूर्यलाई खान्छ भन्ने विश्वास छ । त्यसैले सोमबार ग्रहणको समयमा समुदायका महिलाहरू घरबाहिर आएर भाँडाकुँडा हानेका थिए ताकि गिलहरीलाई भगाउन सकियोस् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजापानले मध्यम आकारका कम्पनीहरूका महिला सहभागीता अनुपात वृद्धि गर्ने
मंसिर २९, २०८१ शनिबार
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
‘पीआईए’ले सात वर्षको निलम्बनपछि अमेरिका उडान सुचारु गर्ने
मंसिर २९, २०८१ शनिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
मंसिर २९, २०८१ शनिबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
रोजगारी र आत्मनिर्भरता शिक्षातर्फ अघि बढिनेछ : प्रधानमन्त्री ओली
मंसिर २९, २०८१ शनिबार
जापानले मध्यम आकारका कम्पनीहरूका महिला सहभागीता अनुपात वृद्धि गर्ने
मंसिर २९, २०८१ शनिबार
जकपुरविरुद्धको जितले चितवनको प्लेअफ पुग्ने सम्भावना बलियो
मंसिर २९, २०८१ शनिबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
मंसिर २९, २०८१ शनिबार
राष्ट्रिय खोप तालिकामा पाठेघर क्यान्सरविरुद्धको खोप समावेश गरियो
मंसिर २९, २०८१ शनिबार
ऐतिहासिक र सांस्कृतिक धरोहर, जानकी मन्दिर ( फोटो फिचर )
मंसिर २९, २०८१ शनिबार