विश्वमा सबैभन्दा बढी साइबर अपराध हुने सूचीमा रुस
नेपालबहस संवाददाता
चैत ३०, २०८० शुक्रबार १६:५९:५७
३० चैत, काठमाडाैं । रुसमा विश्वमै सबैभन्दा बढी साइबर अपराध हुने गरेको नयाँ अनुसन्धानले खुलासा गरेको छ । विज्ञहरुले सार्वजनिक गरेको ‘वर्ल्ड साइबर क्राइम इन्डेक्स’ अनुसार रुस सबैभन्दा अगाडी रहेको हो । त्यस्तै यस सूचीमा युक्रेन दोस्रो स्थानमा छ भने चीन तेस्रो स्थानमा छ ।
यस सूचीमा अमेरिका चौथो स्थानमा छ भने नाइजेरिया पाँचौं, रोमानिया छैटौं, उतर कोरिया सातौं, बेलायत आठौँ ब्राजिल नवौं र भारत दशौँ स्थानमा रहेका छन् ।
प्रतिवेदनमा र्यान्समवेयर, क्रेडिट कार्ड चोरी र जालसाजीलगायत साइबर अपराधका विभिन्न वर्गका आधारमा मुख्य हटस्पटहरू पहिचान गरिएको थियो । साइबर अपराध मामिलाहरु को आधार मा दिइएको स्कोर ‘विश्व साइबर क्राइम इन्डेक्स’ मा साइबर अपराधका घटनाका आधारमा अङ्क दिइएको छ । तर, केसको संख्या भने उल्लेख गरिएको छैन । रुसको विश्व साइबर क्राइम इन्डेक्स स्कोर १०० मध्ये ५८.३९, युक्रेनको ३६.४४ र चीनको २७.८६ थियो ।
अक्सफोर्ड युनिभर्सिटी र युनिभर्सिटी अफ न्यु साउथ वेल्सका विज्ञहरूले साइबर अपराधबारे विश्वव्यापी अध्ययन गरेका थिए । यसका आधारमा सूचकांक तयार गरिएको हो ।
उक्त अध्ययनले साइबर अपराधका मुख्य पाँच वर्गमा केन्द्रित थियो । यी विज्ञहरूले प्रत्येक साइबर अपराध श्रेणीको प्राथमिक स्रोत मानिने देशहरू पहिचान गरे। यसबाहेक, तिनीहरूले साइबर अपराध गतिविधिको प्रभावको आधारमा प्रत्येक देशलाई वर्गीकरण गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ
मंसिर ७, २०८१ शुक्रबार
फोनबाट रकम माग गर्ने डाक्टर पक्राउ
मंसिर ६, २०८१ बिहिबार
अन्डरकभरको एजेन्ट भन्दै रकम ठगी गरेको आरोपमा डाक्टर आशिष दाहाल पक्राउ
मंसिर ५, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
भारतमा दश जना मावोवादी विद्रोहीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
आयोगद्वारा उपनिर्वाचनको नमुना मतपत्र सार्वजनिक
मंसिर ७, २०८१ शुक्रबार
प्रहरी अतिरिक्त महानिरीक्षकद्वय गुरुङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान
मंसिर ७, २०८१ शुक्रबार
कास्की प्रहरीको हिरासतमा रहेका रवि लामिछानेलाई बयानका लागि शनिबार काठमाडौं ल्याइने
मंसिर ७, २०८१ शुक्रबार
रसुवाबाट दुई केजी सुनसहित एक जना पक्राउ
मंसिर ७, २०८१ शुक्रबार
लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ
मंसिर ७, २०८१ शुक्रबार