बाणिज्य बैंकहरुको वैशाख महिनाको ब्याजदर सार्वजनिक
नेपालबहस संवाददाता
चैत ३०, २०८० शुक्रबार १७:५३:१५
३० चैत, काठमाडौं । वाणिज्य बैंकहरुले बैशाख महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । वैशाख महिनाका लागि वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर औसत ०.२९ प्रतिशतले घटाएका छन् । एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ६.९६४ प्रतिशत कायम भएको छ । अधिकांश बैंकहरुले चैत महिनाको तुलनामा वैशाखमा मुद्दति निक्षेपमा दिने ब्याजदर घटाएर सार्वजनिक गरेका छन् ।
सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूमध्ये १३ वटाले चैतको तुलनामा वैशाखमा निक्षेपको ब्याज घटाएका छन् ।तीन वटाले बढाएको र चार वटाले स्थिर राखेका छन् । वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेको, कर्जा माग नबढिरहेको बेला अधिकांश बैंक तथा वित्तीय संस्थाले वैशाखका लागि निक्षेपको ब्याज घटाएका हुन् ।
ब्याजदर बढाउने बैंकहरुले पनि सीमान्त दरमा मात्र बढाएको देखिन्छ । जसअनुसार चैतको तुलनामा वैशाखमा कृषि विकास, एभरेस्ट र एनएमबी बैंकले मुद्दती निक्षेपको ब्याजदर बढाएका छन् भने नबिल, इन्भेस्टमेन्ट मेगा, प्रभु र स्ट्यान्डर्ड चार्टर्ड बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् । बाँकी १३ वटा बैंकले चैतको तुलनामा वैशाखमा निक्षेपको ब्याज घटाएको देखिन्छ ।
नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले आगामी महिनाका लागि अघिल्लो महिनाको अन्तिम दिनभित्रै ब्याजदर सार्वजनिक गर्नुपर्ने छ । उक्त ब्याजदर एक महिनाभित्र परिवर्तन गर्न नपाइने व्यवस्था छ । यही कारण बैंक तथा वित्तीय संस्थाले शुक्रबार आगामी वैशाखका लागि ब्याजदर सार्वजनिक गरेका हुन् ।
वैशाखका लागि वाणिज्य बैंकहरूको एक वर्ष व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर न्यूनतम ५.६९१ र अधिकतम ६.९६४ प्रतिशत रहनेछ । यस्तै साधारण निक्षेपको ब्याजदर पनि ११ वटा बैंकले घटाएका छन् भने ९ वटाले स्थिर राखेका छन् । जसअनुसार वैशाखमा वाणिज्य बैंकहरुमा साधारण बचतको औसत ब्याजदर न्यूनतम ३.४५६ र अधिकतम ४.९४६ प्रतिशत कायम हुने देखिएको छ ।
यस्तो छ वैशाखको व्याजदर
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंककाे उद्यमी प्रशिक्षण कार्यक्रम माेरङकाे बेलबारीमा
मंसिर १०, २०८१ सोमबार
सिटिजन्स बैंकको कम्पनी सचिवमा प्रमेश राज कायस्थ नियुक्त
मंसिर ९, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
काठमाडौं उपत्यकाको तापक्रम निरन्तर घट्दो
मंसिर १२, २०८१ बुधबार
जासुसीको आरोप लगाउँदै रूसले बेलायती कुटनीतिज्ञलाइ दियो देश छाडने आदेश
मंसिर १२, २०८१ बुधबार
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १२, २०८१ बुधबार
एनपीएलः वेष्ट इन्डिजका चाडविक वाल्टन नेपाल आइपुगे
मंसिर १२, २०८१ बुधबार
हिजो सम्भवः नभए पछि रवि लामिछानेलाई आज साँझसम्म काठमाडौं ल्याइने
मंसिर १२, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १२, २०८१ बुधबार