जर्मनीमा आइटीको अभाव सन् २०४० सम्ममा चौगुना हुने
नेपालबहस संवाददाता
चैत ३०, २०८० शुक्रबार १७:५५:५५
३० चैत, बर्लिन । नीति निर्माताहरूले उचित प्रतिकार्य उपायहरू नगरे जर्मनीको सूचना प्रविधि 'आइटी' क्षेत्रमा दक्ष कामदारको अभाव सन् २०४० सम्ममा चार गुणा बढेर छ लाख ६३ हजार पुग्ने उद्योग संघ ‘बिटकम’ले 'बिटकम' जर्मनीको डिजिटल संघ बिहीबार चेतावनी दिएको छ ।
बिटकमका अनुसार पछिल्लो पाँच वर्षमा सूचना प्रविधि क्षेत्रमा दक्ष कामदारको अभाव उल्लेख्यरूपमा बढेको छ भने अघिल्लो वर्ष झण्डै एक लाख ४९ हजार रोजगारी रिक्त रहेको छ । यो सङ्ख्या पाँच वर्षअघिको तथ्याङ्कको तुलनामा झण्डै दोब्बरले बढेको छ र विद्यालय, प्रशासन र वैज्ञानिक संस्थासहित विभिन्न संस्थामा आइटी–केन्द्रित धेरै पदहरू खाली रहेका छन् ।
बिटकमका अध्यक्ष राल्फ विन्टरगर्स्टले भने, “आइटी विशेषज्ञहरूको अभावले जर्मनीको डिजिटल भविष्यलाई खतरामा पार्न सक्छ ।”उक्त सङ्घको प्रतिवेदनले सन् २०४० सम्ममा देशमा तीन लाख २१ हजार आइटी विज्ञहरूको परिपूर्ति गर्ने उद्देश्यले विदेशबाट दक्ष कामदारको भर्ती बढाउन सुझाव दिएको छ ।
जर्मनीमा बुढ्यौली समाजले गर्दा दक्ष कामदारको अभावलाई बढाएको छ र यो विभिन्न पेशामा फैलिएको छ । सन् २०२३ मा सरकारले विदेशबाट दक्ष कामदारहरूको भर्ती गर्न व्यापक उपायका साथ नयाँ कानून पारित गर्यो । यसमा रोजगारी अध्यागमनका लागि कम तलब आवश्यकता, छिटो प्रक्रिया र प्रतिभाशाली र अनुभवी विशेषज्ञहरूका लागि श्रम बजारमा सजिलो पहुँच समावेश गरिएको छ ।
जर्मनीका श्रममन्त्री ह्युबर्टस हेलले भन्नुभयो, “देशलाई आफ्नो अर्थव्यवस्थामा पर्याप्त दक्ष कामदारहरू सुनिश्चित गर्न सम्भव भएसम्म मद्दत चाहिन्छ र यस्ता मानिसहरूको अभाव वृद्धिमा विराम बन्नु हुँदैन ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिका र भारतले शक्तिशाली पृथ्वी–अवलोकन उपग्रह प्रक्षेपण गर्ने
पुष ६, २०८१ शनिबार
इन्स्टाग्राममा नयाँ एआई उपकरणहरू आउँदै, अब भिडियोहरू तुरुन्तै परिवर्तन हुने
पुष ५, २०८१ शुक्रबार
हुलाक सेवा संवेदनशील र महत्वपूर्ण छः सञ्चारमन्त्री गुरुङ
पुष १, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार