नयाँ वर्षमा सबैको कामना, हाम्रा नेतामा सद्बुद्धि पलाओस् !

नेपालबहस संवाददाता
बैशाख १, २०८१ शनिबार १६:५:१०
१ वैशाख, काठमाडौं । नेपालमा जे जति बिग्रिएको छ, त्यो सबै नेताका कारण बिग्रिएको हो भन्ने आम बुझाई छ । यसैले आम नेपाली जनताको नयाँ साल २०८१ को पहिलो शुभकामना भनेको हाम्रा नेताहरूमा सद्बुद्धि पलाओस् भन्ने नै हो । नेतामा सद्बुद्धि पलाए राजनीतिक स्थिरता हुन्छ, आर्थिक विकास हुन्छ, भ्रष्टाचार रोकिन्छ, शिक्षामा सुधार हुन्छ, रोजगारी बढ्छ । समग्रमा भन्दा जनतालाई गाँस, बास र कपासका लागि राज्य अभिभावक भएर उभिएको आभाष हुन्छ ।
आज हामी नेपालीहरूको नयाँ वर्ष । वर्षको पहिलो दिन । वर्षका हिसाबले २०८० साललाई बिदा गरेर २०८१ सालमा प्रवेश गरेका छौँ । नयाँ वर्षको शुभारम्भमा उमंग र उत्साह त छँदैछ, सँगै आम नेपालीको नयाँ आशाले राज्यसँग भरोसा खोजेको छ । सिंगो राष्ट्रले साझा संघर्ष र संकल्पबाट यो वर्ष राष्ट्रको आर्थिक र सामाजिक जीवनमा रचनात्मक परिवर्तन खोजेको छ । यसैले देशका नेता र राजनीति सुध्रियोस् भनेर जनताले नयाँ वर्षमा शुभकामना दिएका हुन् ।
खासमा नेता नसुध्रिएकै कारण बितेको वर्ष २०८० साल नेपालीका लागि खासै उत्साहप्रद रहेन । देशभित्र आर्थिक, सामाजिक, राजनीतिक कुनै क्षेत्रमा पनि सन्तोष गर्न सकिने उपलब्धिहरू भएनन् । राज्यमा नेता केन्द्रित राजनीति मात्र उथलपुथल भयो । भ्रष्टाचारका केही काण्डमा कारबाहीमा जाँदा जनसाधारणमा केही उत्साह देखिएको थियो । परन्तु, भ्रष्टाचार र ठगीमा संलग्न भनिएकाहरु नै उपप्रधानमन्त्री र गृहमन्त्री जस्तो ओहदामा पुगे । विपक्षीले छानबिन माग्दा सत्तापक्षले सार्वभौम संसद बन्द गरिदिएका छन् । यसले बितेको वर्ष नेपालीका लागि सन्तोषजनक भएन । यसैले यस वर्ष जनताको पहिलो कामना नै नेताहरूमा सद्बुद्धि पलाओस् भन्ने रह्यो ।
नयाँ वर्षको प्रारम्भमै नकारात्मक टिप्पणी नमीठो बन्न सक्छ । तर, वर्ष र दशक फेरिए पनि अपवादबाहेक आम नेपालीको अवस्था फेरिएको छैन । त्यसको कारण अरू केही नभएर उही राजनीति हो । जसले बदलिएको व्यवस्था अनुरूप आफ्नो चरित्र बदल्नै सकेन । शान्ति सम्झौताका अधुरा कामलाई छाडेर हेर्ने हो भने मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बन्यो । ०७२ सालमै देशले नयाँ संविधान पाए पनि स्थिरता पाउन सकेको छैन ।
राजनीतिक प्रणालीभित्र संविधानले खेल्न दिएका खुकुला प्रावधान नै अस्थिरताका कारण बनेका छन् । तिनै खुकुला प्रावधानमा टेक्दै सत्ता केन्द्रित राजनीतिमै दलहरूको समय व्यतीत भइरहेको छ । जसले गर्दा देशले संविधान पाए पनि स्थिरता पाउन सकेको छैन । संविधानले समावेशी नीति बनायो । तर सोही नीतिको कार्यान्वयन हुन सकेको छैन । सीमान्तकृत वर्ग, महिला, दलित र जनजातिको नाममा त्यस वर्गको उच्च घरानियाँ र राजनीतिक पहुँच भएकाहरूले फाइदा लिने गतिलो माध्यम मात्र बनेको छ । त्यसैले अब समावेशी नीति पनि वर्गीय दृष्टिकोणबाट परिमार्जित गर्दै लैजानुपर्ने देखिएको छ ।
देशले डेढ दशकको बीचमा परिवर्तनका धेरै नारा र नीतिहरू पाए । तर, जनता भने परिवर्तन र समृद्धिको आशामा निस्सासिएका छन् । पछिल्लो राजनीतिक परिवर्तन र त्यसको उपलब्धिको समीक्षा गर्दै अब नयाँ ढंगले अघि नबढ्ने हो भने विश्वका गतिशील देशहरूको परिवर्तन हेरेर मात्र हामीले चित्त बुझाउनुपर्ने हुनसक्छ । देश भन्नु भूगोल मात्रै होइन, जनता हो । र मुलुकको सबैभन्दा ठूलो चुनौती अरू केही होइन, भ्रष्टाचार हो ।
भ्रष्टाचारले देशको सिंहदरबारदेखि गाउँगाउँका सिंहदरबारसम्मलाई गाँजेको छ । समाजका सबै जसो तह र तप्का अनि निकाय तथा संस्थालाई भ्रष्टाचारले शिथिल पारेको छ । भ्रष्टाचारले ठूलो साम्राज्य नै खडा गरेको छ । यो सानोतिनो चोट र पहलबाट बसमा ल्याउन सकिने स्थितिमा छैन । भ्रष्टाचारको प्रमुख कारण देशमा व्याप्त कुशासन नै हो । कुशासनको जड अस्थिर राजनीति, इमान, निष्ठा र सिद्धान्तहीन राजनीतिकर्मी तथा शासक हुन् । नेपालको राजनीतिक नेतृत्वको मुखमा भ्रष्टाचार नियन्त्रण भए पनि व्यवहारमा पटक्कै इच्छाशक्ति छैन । अब इच्छाशक्ति बढाउनुपर्छ ।
अब आम जनतामा जागेका निराशा चिर्नुपर्छ । यसलाई चिर्नै भनेको सुधारिएको राजनीति र सुध्रिएको नेताले मात्रै हो । यस्तो अवस्थामा नेताका बदलिउन र देशमा आस जगाउने काम गरेर अर्को वर्ष २०८२ म पुग्दा थोरै पुराना र धेरै नयाँ कामले प्रवेश पाउन सकुन । यति भन्दै हाम्रा विज्ञापन दाता, पाठक, शुभचिन्तक र देश विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा नेपालबहसको तर्फबाट नयाँ वर्ष २०८१ को हार्दिक मंगलमय शुभकामना ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशान्ति, सम्बृद्धि, सुशासन र सहमतिको वर्ष बनोस् २०८० !
बैशाख १, २०८० शुक्रबार
इतिहास र बाह्य आलोकमा राष्ट्रिय मेलमिलाप तथा एकता दिवस
पुष १८, २०७८ आइतबार
हिन्दुराज्य, धर्मनिरपेक्षता र क्रिश्चियन दवदवा
पुष १०, २०७८ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओडिसाबाट जोगबनी हुँदै ७५ जना विद्यार्थी नेपाल फर्किए
फागुन ७, २०८१ बुधबार
'स्काइवाक टावर'मा प्रधानमन्त्री ओली
फागुन ७, २०८१ बुधबार
ओडिसा घटनाबारे परराष्ट्रमन्त्रीले गरिन् भारतीय शिक्षामन्त्रीसँग कुराकानी
फागुन ७, २०८१ बुधबार
एमसीसी परियोजना स्थगित भएपछि के हुन्छ ठेक्का सम्झौता भइसकेका आयोजनाको भविश्य ?
फागुन ७, २०८१ बुधबार
मुख्यमन्त्री सिंहले गरे वीरगञ्जका अस्पतालको अनुगमन
फागुन ७, २०८१ बुधबार
पाकिस्तानको बलुचिस्तानमा बन्दुकधारीले गरे ७ जनाको हत्या
फागुन ७, २०८१ बुधबार
ओडिसाबाट जोगबनी हुँदै ७५ जना विद्यार्थी नेपाल फर्किए
फागुन ७, २०८१ बुधबार
'स्काइवाक टावर'मा प्रधानमन्त्री ओली
फागुन ७, २०८१ बुधबार
ओडिसा घटनाबारे परराष्ट्रमन्त्रीले गरिन् भारतीय शिक्षामन्त्रीसँग कुराकानी
फागुन ७, २०८१ बुधबार
एमसीसी परियोजना स्थगित भएपछि के हुन्छ ठेक्का सम्झौता भइसकेका आयोजनाको भविश्य ?
फागुन ७, २०८१ बुधबार
मुख्यमन्त्री सिंहले गरे वीरगञ्जका अस्पतालको अनुगमन
फागुन ७, २०८१ बुधबार
पाकिस्तानको बलुचिस्तानमा बन्दुकधारीले गरे ७ जनाको हत्या
फागुन ७, २०८१ बुधबार
ओडिसाबाट जोगबनी हुँदै ७५ जना विद्यार्थी नेपाल फर्किए
फागुन ७, २०८१ बुधबार
'स्काइवाक टावर'मा प्रधानमन्त्री ओली
फागुन ७, २०८१ बुधबार
ओडिसा घटनाबारे परराष्ट्रमन्त्रीले गरिन् भारतीय शिक्षामन्त्रीसँग कुराकानी
फागुन ७, २०८१ बुधबार
एमसीसी परियोजना स्थगित भएपछि के हुन्छ ठेक्का सम्झौता भइसकेका आयोजनाको भविश्य ?
फागुन ७, २०८१ बुधबार