अभिनयसँगै रामायणको निर्माता बने यश
नेपालबहस संवाददाता
बैशाख १, २०८१ शनिबार १९:१५:२७
१ वैशाख, काठमाडौं । केजीएफ फेम यश नितेश तिवारीको फिल्म रामायणमा निर्माता बनेका छन् । उनले रामायणका लागि प्राइम फोकस स्टुडियोका मालिक नमित मल्होत्रासँग हात मिलाएका हुन् । यश यसअघि फिल्ममा अभिनेताका रूपमा जोडिएका थिए । यशले आफ्नो लामो समयदेखिको लक्ष्य भारतीय सिनेमालाई विश्व स्तरमा पुर्याउने फिल्म बनाउने रहेको बताए ।
यशले नमितसँग फिल्मको भिएफएक्सबारे छलफल गरेको बताए । नमितले यो चलचित्र निकै ठुलो बन्ने विश्वास व्यक्त गरे । नमित मल्टिपल एकेडेमी अवार्ड विजेता भिजुअल इफेक्ट कम्पनी डिएनइजीका ग्लोबल सीईओ पनि हुन् ।
यशले लस एन्जलसको भिएफएक्स स्टुडियो चलाउने व्यक्ति भारतीय ९नमित मल्होत्रा० हो भन्ने थाहा पाउँदा निकै अचम्म लागेको बताए । यस फिल्मसँग नमित मल्होत्रा पहिले नै जोडिएको खुलासा भएको छ । रामायणसँग यस अघि अभिनेताको रुपमा जोडिएको र अब फिल्ममा सह–निर्माताको जिम्मेवारी लिएको बताए ।
हालै रामायणको सुटिङसँग सम्बन्धित केही तस्विरहरु भाइरल भएका छन् । तस्बिरमा अरुण गोविल रामको भूमिकामा देखिएका छन् । जहाँ लारा दत्त कैकेयीको भूमिकामा देखिएकी थिइन् । फिल्म सिटीमा गुरुकुलको सेट तयार भइसकेको छ ।
फिल्मको पहिलो शेड्युलमा राम, लक्ष्मण र भरतको बाल्यकालको भूमिका निभाएका बाल कलाकारहरू सुटिङमा देखिएका छन् । यसमा अभिनेता शिशिर शर्मा गुरु वशिष्ठको भूमिकामा देखिनेछन् । चाँडै रणवीर कपुरले पनि फिल्मको छायांकन सुरु गर्नेछन् ।
यस फिल्ममा रणवीर भगवान रामको भूमिकामा देखिनेछन् । रणवीरले भगवान रामको अभिव्यक्ति र भाषाशैलीलाई राम्रोसँग फिल्म गर्न आवाज र डिक्शन तालिम लिइरहेका छन्। साउथ अभिनेत्री साई पल्लवी सीताको भूमिकामा देखिनेछिन् । यसले यस फिल्ममा रावणको भूमिका निभाउने बताइएको भएपनि अहिलेसम्म स्पष्ट गरिएको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपऐश्वर्या रायले आफ्नो नामबाट बच्चन उपनाम किन हटाइन् ?
मंसिर १४, २०८१ शुक्रबार
विवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् ठूलो रहस्य
मंसिर १२, २०८१ बुधबार
'पुष्पा-२' का कलाकार माथि शारीरिक तथा आर्थिक शोषण आरोप
मंसिर १२, २०८१ बुधबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
शुक्लाफाँटामा बाघ गणना सुरु
मंसिर १४, २०८१ शुक्रबार
‘जनकपुर बोल्ट्स’ को डेकोर पार्टनरमा नेपोभिट टायल्स
मंसिर १४, २०८१ शुक्रबार
‘सामाजिक सञ्जालमार्फत शान्ति सुव्यवस्था खलल पुर्याउनेलाई कारबाही’
मंसिर १४, २०८१ शुक्रबार
भारतीय चर्चित क्रिकेटर शिखर धवन आइपुगे नेपाल
मंसिर १४, २०८१ शुक्रबार
यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग ५५ रनले पराजित
मंसिर १४, २०८१ शुक्रबार
प्रधानमन्त्री ओली चीनको औपचारिक भ्रमणमा जाँदै
मंसिर १४, २०८१ शुक्रबार