गरिमा विकास बैंकको डेबिट क्रेडिट कार्डमा क्यास ब्याक योजना
नेपालबहस संवाददाता
बैशाख २, २०८१ आइतबार ११:४७:२
२ वैशाख, काठमाडाैं । नयाँ वर्ष २०८१ लाई लक्षित गरि गरिमा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि कुनै पनि सेवा तथा सामान खरिद गरी विकास बैंकको डेबिट र क्रेडिट कार्डबाट भुक्तानी गर्दा २०.८१५ वा अधिकतम रु २०० नगद फिर्ता योजना सार्वजनिक गरेको छ ।
यस योजना अन्तर्गत बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताहरूले नेपालभित्र पीओएस मेसिन मार्फत कारोबार गर्दा अधिकतम रु २०० सम्म नगद फिर्ता पाउन सक्नेछन् ।
नगद रहित कारोबारलाई प्रोत्साहन एवं प्रवर्द्धन हेतु सार्वजनिक गरिएको यस योजनाको अवधि १ वैशाख २०८१ देखि ३ वैशाख २०८१ सम्म रहेको छ । साथै, गरिमा विकास बैंकले आफ्ना ग्राहकहरूको किनमेललाई थप सहजीकरण गर्दै क्रेडिट कार्डमा किस्ताबन्दीको सेवा सुरुवात गरिसकेको जनाएको छ।
काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा ATM एवं विभिन्न डिजिटल बैकिङ माध्यम बाट सरल, सुरक्षित एवं गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशक्तिकेन्द्रलाई बेकुफ बनाउँदै आईजीपी कुँवर उठ्ती पुठ्ती धन्दामा
माघ ७, २०८१ सोमबार
रेसुङ्गा नगरपालिकाको रनिङ शिल्ड रेसुङ्गा माविलाई
माघ ७, २०८१ सोमबार
शिक्षण अस्पतालमा स्वास्थ्य बिमा सेवा पुनः सञ्चालन
माघ ७, २०८१ सोमबार
खुकुरी प्रहार गरेको अभियोगमा ५ जना पक्राउ
माघ ७, २०८१ सोमबार
वर्तमान सरकारप्रति जनताको भरोसा छ : सञ्चारमन्त्री गुरुङ
माघ ७, २०८१ सोमबार