आजदेखि संघीय संसदकाे अधिवेशन अन्त्य, कांग्रेस र राप्रपाप्रति सभामुखको आक्रोश
नेपालबहस संवाददाता
बैशाख २, २०८१ आइतबार १२:३४:२६
२ वैशाख, काठमाडौं । विपक्षी दलहरू नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभाको बैठक सुरुमै अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरे आक्रोशित देखिएका छन् । उनले आक्रोशित मुद्रामा संघीय संसदको चालु अधिवेशन अन्त्य भएको घोषणा गरेका छन् ।
आइतबार बसेको बैठकको सुरुमै कांग्रेस र राप्रपाका सांसदहरूले आसनबाट उभिएर बैठक अवरुद्ध पारेका हुन् । सभामुख घिमिरेले सांसदहरूलाई कार्य व्यवस्था समितिको बैठकमा भएको सहमति अनुसार बैठक अघि बढाउन आग्रह गरे । उनले कांग्रेसको माग र व्यवहारप्रति लक्षित गर्दै आक्रोश व्यक्त गरेका हुन् ।
उनले भने, ‘माननीय सदस्यहरूलाई अहिले भर्खर मात्र भएको कार्य व्यवस्था परामर्श समितिको बैठकले गरेको निर्णय र त्यहाँ भएका समझदारीको बारेमा ध्यान आकर्षण गर्न चाहन्छु । आज हामी जरुरी विषयमा मात्र प्रवेश गर्ने कुरामा यहाँहरू जानकार हुनुहुन्छ । त्यहाँ हुँदा एउटा कुरा गर्ने, सदनमा आएर अर्को कुरा गर्ने हामी कस्तो खालको परिपाटीको विकास गर्छौँ ? त्यसले गर्दा यस्तो गलत परिपाटीको विकास गर्न हामी उद्धत नहोऊँ । जे समझदारी भएको छ त्यही अनुसार अगाडि बढौँ । त्यसका लागि आसन ग्रहण गर्न आग्रह गर्दछु ।’
सभामुखले आजको बैठकको कार्यसूचीमा रहेको क्रम संख्या १ देखि ७ सम्मको कार्यक्रम सूचीबाट हटाएका छन् । आजबाट संघीय संसदको चालु अधिवेशन अन्त्य भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन अन्त्यका लागि पठाएको पत्र वाचन गरेर आइतबार राति १२ बजेदेखि स्वतः अन्त्य हुने गरी प्रतिनिधिसभा बैठक अन्त्य गरिएको हो ।
प्रतिनिधिसभाको तेस्रो अधिवेशन २०८० साल माघ २२ मा प्रारम्भ भई २०८१ साल वैशाख २ गते अन्त्य भएको हो । ७० दिनसम्म चलेको अधिवेशनमा २३ दिनमा २३ पटक बैठक बसी जम्मा ८१ घण्टा ५५ मिनेट ससंदीय काम कारबाही भएका थिए ।
सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको दोस्रो अधिवेशनभन्दा तेस्रो अधिवेशन कानुन निर्माणका हिसाबले राम्रो भए पनि पर्याप्त नभएको बताए । उनले राजनीतिक दलहरूलाई कानुन निर्माणमा संसदलाई क्रियाशील बनाउनुपर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार