५ जना सचिवको सरुवा, मन्त्रिपरिषदको कार्यालयबाट हटाइए भट्टराई र पोखरेल
नेपालबहस संवाददाता
बैशाख २, २०८१ आइतबार १६:२३:५९
२ वैशाख, काठमाडौं । सरकारले ५ जना सचिवहरूको सरुवा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा रहेका दुई जना सचिवलाई त्यहाँबाट हटाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा रहेका सचिव अर्जुनप्रसाद पोखरेललाई राष्ट्रिय तथ्यांक कार्यालयमा पुर्याएको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अर्का सचिव दिनेश भट्टराईलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा गरेको छ । महिला बालबलिका मन्त्रालयका सचिव सुमनराज अर्याल युवा तथा खेलकुद मन्त्रालयमा पुगेका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा लगिएकाे छ भने उपराष्ट्रपति कार्यालयका सचिव मुकुन्दप्रसाद निरौला संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिजामती विधेयक छलफलः ‘सरुवा र बढुवामा हुने मनपरि रोक्ने ऐन बनाऔं’
पुष ४, २०८१ बिहिबार
‘निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने’
पुष ३, २०८१ बुधबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
जुम्लाको सापुल्ली गाउँ
पुष ७, २०८१ आइतबार
जोमसोम विमानस्थल प्रवेशद्वार
पुष ७, २०८१ आइतबार
बिक्रीका लागि भक्का पकाउँदै महिला
पुष ७, २०८१ आइतबार
बिक्री राखिएको जुनार र सुन्तला
पुष ७, २०८१ आइतबार
स्काई साइकिलिङमा रमाउँदै आन्तरिक पर्यटक
पुष ७, २०८१ आइतबार